सन्धिखर्कमा पत्रकार भेटघाट| महिला ह्निसाका पिडकहरुले संरक्षण पाउने क्रम बढ्दो: निर्मला क्षेत्री

केशब राज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।प्रदेश पाँच नेपाली काङ्ग्रेस  संसदिय दलका सचेतक निर्मला क्षेत्रीले   महिला हिंसाका पिडकहरुले  संरक्षण पाउने क्रम बढ्दो रहेको बताएकी छन । 
आज बिहान सन्धिखर्कमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले  यसो भनेकी हुन । 
        
देश भर महिला हिंसा बलात्कार लगायतका घटनाहरु बढेकोमा बर्तमान सरकारको नालायकिपन जिम्मेबार रहेको पनि उनले आरोप लगाएकी छन ।
      
महिलाहरु देश भरी असुरक्षित महसुस गरेको भन्दै उनले  आर्थिक अभाब र प्रलोभनमा महिला हिंसाका घटना लुकाउने र दवाउने क्रम पनि बढ्दो रहेकोमा चिन्ता ब्यक्त गरिन ।
सचेतक क्षेत्रीले काङ्ग्रेस बिना लोकतन्त्र र लोकतन्त्र बिना  राज्यको बिकास समृद्धि हुन नसक्ने दाबी गर्दै कम्युनिस्टहरुले केही प्रगती गर्न नसक्ने बताइन ।
          
काङ्ग्रेसलाई बत्ती बालेर खोज्नु पर्छ भन्ने कम्युनिस्टहरु अहिले  हात जोडेर काङ्ग्रेसलाई ढोग्ने अबस्थामा पुग्नु काङ्ग्रेस बिना केही चल्दैन भन्ने कुराको दरिलो प्रमाण भएको उल्ल्ख गरिन ।
प्रदेशका योजनाहरु  कमिशनका आधारमा ल्याइएको आरोप लाग्ने गरेको तर्फ संकेत गर्दै सांसद क्षेत्रीले आफू जिल्लाका एक्लो सांसद भएको  तर आफुले पारेका योजनाहरुमा कुनै कमिशन लिने तर्फ सोच्न पनि नसक्ने बताइन ।
      
उनले जिल्लामा आएका प्रादेशिक योजनाका बारेमा आफुलाइ बिस्तृत जानकारी पनि प्राप्त हुन नसकेको  भन्दै प्रदेशका योजनाहरु  केन्द्रका नेताहरुले  उद्घाटन गरेर आफुहरुले  जस लिने तर्फ लागि परेको बताइन ।

अन्य समाचारहरु