अर्घाखाँचीभरका वनमा आगलागी गर्ने व्यक्ति पहिचान हुन सकेन् , सुराकी परिचालन गर्न माग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सामुदायिक वनक्षेत्रमा भीषण आगलागीका कारण ठुलो नोक्सान भएको छ । 
जिल्लाभरका सामुदायिक वनक्षेत्रमा दैनिक जसो भीषण आगलागी घटना भएका छन् । भने आगलागीले वन क्षेत्र, जडिबुटी, बोटविरुवा ठुलो मात्रामा क्षति भएको छ । 
तर गर्मी याममा शुरु भएपछि आगलागीका घटना बढेपनि अहिलेसम्म आगजनी गर्ने व्यक्ति पहिचान हुन सकेको छैन् । जिल्लामा वर्षौदेखि आगलागीका घटना भएता पनि आगजनी गर्ने व्यक्ति पहिचान गर्न सकिएको छैन् । 
भूमिकास्थानका स्थानियबासीहरु अर्घाखाँची डट्कमसँग भन्छन्; “एउटै जंगलमा पटक- पटक आगलागी हुँदा पनि आगजनी गर्ने व्यक्ति पहिचान गर्न नसकिनु र आगजनी गर्ने व्यक्ति पहिचान गरेर दण्ड सजाय गर्न नपाउँदा अरुको मनोवल बढेको देखिन्छ । आगजनी गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्न सके अर्काे वर्षका लागि यस्तो क्षति नदोहोरिन सक्थ्यो, आगजनी गर्ने व्यक्ति नै पत्ता लागदैन।”
अर्घाखाँचीमा आगजनी गर्ने दोषी पत्ता नलाग्दा घटना दोहोरिने गरेको देखिन्छ। ‘बारम्बार आगजनी हुँदा पनि आगो कसले लगाएको हो भन्ने यकिन हुन सकेको छैन् । आगलागी भएको घटनामा छिटफुट बाहेक संलग्न व्यक्तिलाई कारवाही भएको छैन् ।  
आगजनी गर्ने व्यक्ति पहिचान गर्नका लागि सुराकी परिचालन गर्न जिल्लाभरका स्थानियबासीले पालिका तथा जिल्ला वन कार्यालयसँग माग गरेका छन् । तर स्थानीयको सहयोगबिना आगजनी गर्ने व्यक्ति पहिचान गर्न नसकिने जिल्ला वन कार्यालय अर्घाखाँचीको भनाई छ । यस्तै आगलागी पनि जघन्य अपराध हो भन्ने बुझाई हुन नसकेको, त्यो अनुसार आगजनी गर्ने व्यक्ति पहिचान गर्न चाँसो पनि कम पुगेको, आगजनी भएको सबै ठाउँका व्यक्ति पहिचान गरेर कारवाही गर्ने हो भने घटना दोहोरिने थिएनन् भन्ने वन कार्यालय अर्घाखाँचीको भनाई छ ।  
वन ऐन २०७६ ले फौजदारी मुद्धा अनुसार वनमा आगजनी गर्ने व्यक्तिलाई कारवाहि गर्ने व्यवस्था गरेको छ । त्यस अनुसार ६० हजार रुपैयाँ जरिवाना वा ३ वर्ष कैदको व्यवस्था भएपनि त्यो अनुसार कार्यन्वयन हुन नसकेको देखिन्छ । 
अर्घाखाँचीको आगलागी एउटा उदाहरण मात्र हो । जथाभाविको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भईरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । वायु प्रदूषण बढाउनुमा वन डढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताईरहेका पनि छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता लाग्दैन । जसले गर्दा आगजनी गर्ने व्यक्तिको मनोवल बढ्ने गरेको छ ।
अर्घाखाँचीका वन क्षेत्रमा आगजनी भइहालेमा निभाउने तरिका पनि पुरानै परम्परागत रहेको देखिन्छ । भने अग्नी नियन्त्रण गर्ने प्रविधि नै भित्रिएको छैन । अहिले जंगलमा आगजनी हुँदा नियन्त्रणको शैली भनेको फायरलाइन बनाउने, स्याउलाले पिट्ने, माटो खनेर पुर्ने, पानीको पहुँच भए भाडाकुँडामा बोकेर निभाउने मुख्य तरिका हुन् । विकसित मुलुकले आगलागी नियन्त्रणका लागि प्रविधि प्रयोग गर्ने भएपनि नेपालमा अझै खनखोरसको भरमा मात्र आगो निभाउने प्रयास  गर्ने वन कार्यालय अर्घाखाँचीको भनाई छ । 

अन्य समाचारहरु