२०७७ चैत्र ३०, सोमवार मा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको बाँगी खाेला- ढाेरपाटन सडक- कर्णमारे जाेडने माेटरेवलपुल र सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० र ११ अर्घा माटेको ४ काेट जाेड्ने माेटरेवलपुल शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
उर्जा,जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझीले बाँगी खाेलामा दुई पुलकाे शिलान्यास गर्नु भएकाे हो । उहाँले लुम्बिनी प्रदेश सरकार भाैतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जिल्ला सडक पूर्वाधार विकास कार्यालय द्वारा निर्माण हुन लागेका पुलकाे शिलान्यास गर्नु भएकाे हाे । १ कराेड ६० लाख ८४ हजार लागतमा निर्माण हुन लागेकाे माटे-कविरा रामपथ सडक पुल र १ कराेड ५९ लाख ७० हजार लागतमा निर्माण हुन लागेकाे ढाेरपाटन सडक देखि कर्णमारे जाेडने सडक पुलकाे शिलान्यास गर्नु भएकाे हाे । कार्यक्रममा बाेल्दै मन्त्री रायमाझीले जिल्लामा विकास निर्माणले तीब्रता पाएकाे भन्दै यहाँकाे विकासले राष्ट्रिय स्तरमा चर्चा पाएकाे बताउनुभयाे ।

उहाँले थुप्रै राष्ट्रिय महत्त्वका सडकहरू निर्माणले समृद्धिकाे आधार तय गरेकाे बताउनुभयाे । उहाँले कृषि, पर्यटन र जलविद्युतकाे माध्यमबाट राेजगारी सिर्जना गरिने भन्दै प्रचुर मात्रामा रहेका संभावनाहरूलाई उजागर गर्दै जाने बताउनुभयाे । २ सय ८१ मेगावाट क्षमताकाे बहुप्रतिक्षित नाैमुरे जलविद्युत आयाेजना निर्माणकाे कार्यले गति लिने भन्दै पर्याप्त बजेट विनियोजन गरेर निर्माणकाे कार्यलाई अघि बढाइने बताउनुभयाे । रायमाझीले आफू र पार्टीका सांसदहरूले गरेकाे विकासबाट अतालिएर पछिल्लो समयमा केहि विकास बिराेधी तत्त्वले भ्रम सिर्जना गरेपनि जनता भ्रमकाे पछि नलाग्ने बताउनुभयाे ।
कार्यक्रममा राष्ट्रियसभा सांसद चन्द्र बहादुर खडका (उज्ज्वल), प्रदेश सांसद चेतनारायण आचार्य, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, नेकपा एमालेका नेताहरू नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
जिल्ला सडक पूर्वाधार कार्यालयका इन्जिनियर सराेज केसी र निर्माणकाे जिम्मा पाएकाे पिटिआर अधिकारी कन्स्ट्रक्सन प्रालिका प्रदिप अधिकारीले आयाेजना बारे जानकारी गराउनुभयाे ।