काँडाहरुको बीचमा (कविता)


गंगा ज्ञवाली खनाल 

तिखा काँडाहरु बीचमा
तिमी  हाँसेको देख्दा 
जटिलताहरू बिचमा 
तिमी मुस्कुराएको देख्दा 
लाग्छ   मलाई
तिमी मेरै आफ्नै प्रतिबिम्ब पो हो कि !
सजिलो कहाँ छ र  ?
 काँडाको बीचमा अंकुराउँन  
फर्किन फुल्न ।
अनि सबैलाई सुगन्धित पार्न
मन्द मुस्कान सहित , तिमी रंगीन फूल
जटिलतामा पनि हाँस्यौ रमायौ 
 अनि देख्यौ त भन्दै ??
त्यसैले त हो नि
 तिमी मेरै प्रतिबिम्बित हो
आन्तरिक  पीडाहरू प्रस्फुटित गर्न 
सकेनौं 
सहाराको जरूरत हुँदा पनि 
 पानीको पर्खाइमा रहे पनि
खनिज तत्वको आबस्यकता मा पनि 
तिमी मुर्झाएनौं हारेनौ
अनि भोलिको सुनौलो बिहानी पर्खिरहयौ
 हो त्यसैले त 
तिमी मेरै प्रतिबिम्ब नै हौ
मेरो गुरु 
न तिमी अजम्मरी छौं 
न म  नै छु ।।
वा हामी ।।।।।
काँडाहरुको बीचमा मुस्काएकी तिमी मेरो प्रतिबिम्बित फूल ।।