मरेर कोही केही लादैनन् (कविता)


गंगा ज्ञवाली खनाल
मात्र पाप धर्म हो 
भन्ने सुन्दा सुन्दै 
बुझ्दा बुझ्दै 
बाबाले आमाको रातो सिंदूर लगेको देखें
राता छन् छन् बुझ्ने चुरा फुटाएको देखें 
अनि आमाको रंगीन जीवन 
श्वेत वस्त्रमा परिणत देखें
अनि म
बाबाले केही लैजानु भएन भनेर म कसरी बुझ्नु
कसरी के भनेर सम्झाउनु म आफैलाई
आमाको अस्तित्व सँगै लिएर जाने बाबालाई
अनि छोरा छोरीलाई टुहुरा बनाएर जानेलाई
मानिस मरेर जाँदा पनि 
धेरै कुरा लिएर जाँदा रहेछन् 
पीडा दुःख कष्टको भारी बोकाएर जाँदा रहेछन्
ममताको सिङ्गै काख र साथ हटाएर जाँदा रहेछन् 
मरेर जानेहरुले 
अझ आमाले त झन
छोराछोरीलाई जीवन भर आँसु दिएर पो जाँदा रहेछन् ।
लौ खै कसरी बुझ्ने हो
बुझ्नै नसकिनी सत्य ।