सिलबन्दी दरभाउपत्र आव्हानको सूचना ,समरग्रिन कृषक समुह,सनपा-७,अर्घाखाँची


सिलबन्दी दरभाउपत्र आव्हानको सूचना 
समरग्रिन कृषक समुह,सनपा-७,अर्घाखाँची 
प्रथम पटक प्रकासित मिति: २०७८/१/७

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड न  . ७ समरग्रिन कृषक समूह को खरिद ब्यबस्थापन समितिद्वारा कृषि ज्ञान केन्द्र को कार्यक्रम आलु मिसन कार्यक्रम अन्तर्गत मिनि टेलर ७ HP खरिद गर्नुपर्ने भएकाले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न .७ समरग्रिन कृषक समूह को खरिद निर्देशिका बमोजिम दरभाउपत्र साथ संलग्न परिमाण  , दरभाउपत्र साथ उपलब्ध गराएको स्पेशिफिकेशन बमोजिमको तौल र गुणस्तरका सामानहरु निम्न शर्तहरुको अधिनमा रहि  सप्लाइ गर्न इच्छुक मूल्य अभिबृद्दी करमा दर्ता भएका फर्म वा सप्लायर्शहरु बाट निम्न शर्तहरुको अधिनमा रहि सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

शर्तहरु 

१) दरभाउपत्र फारम प्रति फारम रु.३०००/-अक्षेरुपि तिनहजार फिर्ता नहुने गरि तिरी नगदी रसिद तथा निबेदनको साथमा मूल्य अभिबृद्दी कर दर्ताको प्रमाणपत्र , अध्याबधिक कर चुक्ताको प्रमाणपत्र संलग्न राखी यो सुचना प्रकाशित भएको मितिले १५ दिनको दिउस ५ बजे भित्रमा सन्धिखर्क नगरपालिका वार्ड न . ७ को कार्यालयबाट खरिद गर्न सकिने छ ।
२)   खरिद गरिएको दरभाउपत्र फारमहरु रित पुर्बक भरी सुचना प्रकाशित भएको  १६ औं दिनमा दिउस १२ बजे भित्र सन्धिखर्क नगरपालिका वार्ड न . ७ मा दर्ता गराउनुपर्ने छ , साथै दरभाउपत्र खरिद गरेको सक्कल रसिद सहित दरभाउपत्र फारम शिलबन्दी गरि उपभोक्ता समितिको नाम, ठेगाना र मिनि टेलर ७ Hp सप्लाइ सम्बन्धि दरभाउपत्र भन्ने ब्यहोरा लेख्नुपर्ने छ ।
३)सिलबन्दी दरभाउपत्र पेश गर्दा सप्लायर्शको आधिकारिक प्रतिनिधि आफै उपस्थित भइ हुलाक वा  कुरिएर मार्फत पठाएको सिलबन्दी दरभाउपत्र सुचना प्रकाशित भएको मितिले १६ औं दिनको दिउसो १२ बजे भित्र प्राप्त भइसक्नुपर्नेछ ।
४) सप्लाइ हुने सामग्रीहरुको भुक्तानी उपभोक्ता समितिले योजना नजिकको गाडी जाने स्थान वा योजना सम्म ढुवानी भइ चेकजाँच भएपछि मात्र गर्नेछ तसर्थ दरभाउपत्र पेश गर्दा जमानत आबस्यक पर्नेछैन । 
५) उपरोक्त अनुसार प्राप्त भएका दरभाउपत्रहरु सुचना प्रकाशित भएको मितिले १६ औं दिनको दिउसो २ बजे सन्धिखर्क नगरपालिका वार्ड न . ७८  अर्घाखाँचीमा उपभोक्ता खरिद समितिका प्रतिनिधिहरु र दरभाउ पत्रदाताहरु वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ । दरभाउ पत्रदाताको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पुग्नेछैन ।
६)दरभाउ पत्र खरिद गर्ने , दर्ता गर्ने तथा खोल्ने अन्तिम दिनमा सार्बजनिक बिदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन बिक्री गरिने, दर्ता गरिने वा खोलिनेछ ।
७)दरभाउपत्रमा दररेट लेख्दा अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा  अक्षरमा लेखेकोलाइ मान्यता दिइनेछ । अंक र अक्षरमा केरमेर भएकोमा दस्तखत र छाप लगाएको हुनुपर्नेछ ।
८) म्याद नाघी वा रित नपुगी आएको दरभाउपत्र उपर कारबाही हुने छैन ।
९)दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्विकार गर्ने सम्पुर्ण अधिकार उपभोक्ता समितिहरुमा  सुरक्षित रहनेछ ।
१०) अन्य शर्तहरु योजनाको खरिद कार्यबिधी बमोजिम हुनेछ ।थप शर्तहरु दरभाउ पत्र साथै संलग्न गरिएको छ ।

तपसिल 
क्र . स . कोटेशन क्र . स .
१          2/SGKS/MT/2077/078

कामको विवरण 
समरग्रिन कृषक समुह खरिद , सनपा-७,डिहिडाडा
दरभाउपत्रको खरिद दस्तुर रु ३००० (तिनहजार)

सि . न .    विवरण                 परिमाण          इकाइ
1)           मिनि टेलर ७ Hp      २३             वटा
सम्पर्क :बालकृष्ण शाह,9849122308
पुनस्च: माथी उल्लेखित सामग्रीहरु नेपाल गुणस्तर चिन्ह (NS) वा भारतिय गुणस्तर चिन्ह (IS) प्राप्त हुनुपर्नेछ ।

सप्लायर्शको 
नाम:- 
सहि छाप  :- 
ठेगाना :-