घुस्याहा (कविता)

२०७७ श्रावण १४, बुधवार मा प्रकासित
पीताम्बर भट्टराई

नेतादेखि लिएर हाकिम कसै जाे हुन्छ कुर्चि महा
यैाटै ध्यान लिएर धेरबसने जाेर्ने छ धनै यहाँ।
खातामा धनलेभरेर घुसले थुप्राे छ गिन्ती कहाँ
धेरैभाे नअटी लुकेन अबता पर्देश पुग्ने तहा।
गाडीभाे घरभाे जहान सबला तेस्तैछ जग्गा पनि
धेरै छन् महलै अनेक शहरै देखिन्छ स्वर्गै सरि।
कार्खाना चलनेअनेक थरिका हाेटेल तारे छनि
अार्जनै धनकाे गरेर अहिले माेजै र मस्ती छनि।
लाजै छैन अहाे झुमेर घुसमा रम्ने फटाहा हरु
खान्छन् ती भडुवा बसेर पदमा नेपाल खाने हरु।
खान्छन्ती बनमा बनेल चितुवा गैडा र हात्ती हरु
अड्डामा पसदा रहेछ उनकै प्र पञ्च धेरै बरु।
बाटाे धेर रहेछ पेट भरने घ्याम्पे भएकाे भुँडी
भर्ने त्याे मनमा अनेक लफडा साेचेर तेर्साउनि
जेजे भेट्छ सबै गरेर बखडा च्यापेर चड्काउनि
जन्ता ती घरमा बिहाल रहने भाेकैर प्यासै हुनि।
भ्रष्टाचार जता तता छ रहने जालाेछ जंजालकाे
मान्छे त्याे बदमास त्याे छ उसकाे बानी बसेकाे थलाे।
खान्छाै ती सबका छलेर नजरै सामन्त जालीहरु
भाेकाछाै मनका भएन कहिले सन्ष्ट लाेभी हरु।
के हुन्थ्याै मनुवा रहेन अबता बाचेर ज्युदाे पन
मास्दैछन् जनता बसेर अरुकाे जाे खान्छ श्रमै जन