अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको एनआईसी एशिया बैंक शाखा बन्द भएको छ ।
एनआईसी एशिया बैंक सन्धिखर्क शाखाका प्रवन्धक कृष्ण पाैडेल र अपरेसन ईन्चार्ज प्रकाश भुसाललाई कोरोना संक्रमण पुष्टि भएपछि केही दिनका लागि आज सोमबारदेखि बन्द भएको हो ।
साथै अन्य कर्मचारीहरुकाे पनि काेराेना परिक्षण भएको र बैंकको सेवा प्रवाह केही दिनसम्म रोकिने छ ।
साथै जिल्लामा आज बैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा जारी हुने भएको छ ।