आमा (कविता / गजल)


दिपेन्द्र पौडेल
आमाको नामको जिउनी पनि आफ्नै नाममा फेर्नेहरु ।
बृद्धाआश्रम तिर गई  आमाको मुख हेर्नेहरु ।
बर्ष भरी एक्लो पारी एक दिन आमालाई अङ्गालोमा बेर्नेहरु ।
किन हाल्छौ नाना थरि फेसबूक तिर फोटो तिमी
झुटो नाट्क गरि आमालाई अङ्गालोमा बेर्नेहरु ।
बर्ष दिनमा एक चोटी आमको मुख हेर्नेहरु 
तिमी भन्दा धेरै महानहुन्छ आमाभन्या टेर्नेहरु।
किन  झुटो प्रेम आमाको प्रती देखाउछौ 
आमाको नामको जिउनी पनि आफ्नै नाममा फेर्नेहरु ।
आमाको नामको लाल्पुर्जा मसिले केर्नेहरु