त्यो पर्दैन (कविता)


रबि पाैडेल , पाण्डेचरी  
भारतबाट बिषाधी फलफूल तथा 
तरकारी हरु राेक्नु पर्दैन ?
 त्याे पर्दैन !
 भारत ले लिपुलेक जाने बाटो त बनाईसक्याे
त्यो राेक्नु पर्दैन ?
 त्यो पर्दैन !
 भारतीय नागरिक हरुले फटाफट 
नेपाली नागरिगता पाइरहेका छन
त्यो राेक्नु पर्दैन ?
 त्यो पर्दैन !
 सुस्ता र कञ्चनपुर मा भारतीय प्रहरिहरुले 
महिला ,पुरुष र वालबालिका हरुलाइ 
सताएको छ ,त्यो राेक्नु पर्दैन ?
 त्यो पर्दैन !
 भारतीय मिडिया हरुले नेपाल ,नेपाली 
र प्रधानमन्त्री समेतको गलत प्रचारप्रसार 
र निच व्यवहार गरिरहेका छन ,तिहरुलाइ 
कुनै कार्यबाहि गर्नु वा त्यसको जवाफ माग्नु पर्दैन ?
 त्यो पर्दैन !
 चुच्चे नक्सा त कागज मा दिनु भयो 
अब जमिन फिर्ता गर्नु पर्दैन ?
 त्यो पर्दैन !
 रेलका कुरा थिए ,एकदिन रेल त देखाइयो 
तर रेल सञ्चालन मा ल्याउनु पर्दैन ?
 त्यो पर्दैन !
 घर घरमा ग्यास लाइन भन्नुभयो ,
ल्याउनु पर्दैन ?
 त्यो पर्दैन !
 सडक ,अस्पताल हरु त निकै उद्घाटन गर्नु भयाे
काम हुनु पर्दैन ?
 त्यो पर्दैन !
पाैष ५ गते संसद भंग गर्नुभयो 
सर्वोच्चले बदर गरिदियाे 
तपाईं ले प्रधानमन्त्री बाट राजिनामा दिनु पर्दैन ?
 त्यो पर्दैन !
 नैतिकताको अाधारमा राजिनामा दिनु पर्दैन 
त्यो प्रर्दैन !
 अाेम्नि ,बाइवढि ,सितलनिवास जग्गा प्रकरण
काेराेना स्वास्थ्य सामग्री मा अनियमितता ,भस्टाचार 
भएको छ  ,तिनिहरु लाई कार्यबाहि 
हुनु पर्दैन? 
त्यो पर्दैन !
 अपराधी ,गुण्डा ,देशद्राेहि हरुका मुद्दा खारेज गर्नु भएको छ,
के अपराधी हरुलाइ सजाय पूरा हुन पर्दैन ?
 त्यो पर्दैन !
 कुनै पनि अपराधीक कृयाकलाप मा अभियाेग 
लागेका ब्यक्ति हरुलाइ  सांसद  वा मन्त्री हुन पाउदैनन् 
भन्ने कानुन मा छ ।के त्यो पालना गर्नु पर्दैन ?
 त्यो पर्दैन !
 अहिले काेराेना काे महामारी ले देश अाक्रान्त छ
हस्पिटल मा अक्सिजन ,सिलिन्डर छैनन ,बिरामी अकालमा मरिरहेका छन ,यसको जवाफ देहि सरकार हुनु पर्दैन ?
 त्यो पर्दैन !
 सडक मा लामाे समय देखि मजदुर हरु भाेकै छन 
तिनिहरुकाे ब्यबस्थापन गर्न पर्दैन ?
 त्यो पर्दैन !
 बलात्कारि ,एसिड अाक्रमण कारि र हत्यारा हरु लाई जेल सजाय हुनु पर्दैन ? बलात्कारि लाई गिरफ्तारी र सजाय हुन पर्दैन ?
 त्याे पर्दैन ! 
देशमा कानुनी राज्य भए जस्तो देखिएन ।कानुनी राज्य जनता लाई महशुस हुन पर्दैन ?
 त्यो पर्दैन !
त्यसकारण ,
“मुलुक र जनताप्रति ” बफादार रहि 
काम गर्ने ” प्रतिज्ञा” (गर्दछु )
 त्यो पर्दैन !!
धन्यवाद ।
मिति : १८-०५-२०२१