उदेश्य नै नाफा कमाउने हाे ( कविता / गजल)


रबि पाैडेल 
दक्षिण भारत पाण्डेचरी
चितामा लास जल्दा तिमी
श्रद्धाञ्जली दिन पाएनाै 
यता ,
लास जलाउने दाउरा मा पनि तिमि
कमिशन काे खेल छाेडेनाै 
भुकम्प जाँदा त्रिपाल लुकाउने तिमी
काेराेना भ्याक्सि किन नलुकाउला र !
यता,
प्रिन्टमेसिन ,स्वास्थ्य सामग्री मा 
पकेट भर्ने तिमी 
यता ,
अक्सिजन सिलिन्डर मा 
नाफा किन नखाउला र ?
तिम्रो उदेश्य नै नाफा कमाउने हाे 
तिमी त कात्रो किन्दा पनि नाफा कमाउछाै 
यता ,
काेराेनाले हाहाकार पारिरहंदा 
नेगेटिभ लाई पनि ,पाेजेटिभ भनी 
रिपोर्ट थमाउछाै ।
तिम्रो उदेश्य नै नाफा कामाउने 
र जनता सताउने इतिहास बनेको छ
याे कुरा मैले मात्रै हाेईन 
सारा नेपाली ले भनेको छ ।
मिति : २०-०५-२०२१