मेरी आमा (गजल)


सुभाष ज्ञवाली 
अर्घाखाँची 
कुनै महिलाले सार्बजनिक स्थानमा नुहाउदा साथीहरु अस्लिलता देख्थे तर म आमाको आफुले चुसेको स्तन सम्झिन्थे ।
अस्पतालमा एक महिलाले आफ्नो बच्चालाई दूध चुसाउदा अरुले अस्लिलता देख्थे तर म आफ्नो आमाको स्तन सम्झिन्थे ।
नुहाएर कुनै महिलाले आफ्ना भित्री बस्त्र सुकाउदा अरुले अस्लिलता सोच्थे तर म आफ्नी आमाको पटुकि ओढेर निदाएको सम्झिन्थे ।
मैले लेखेको कविताको शिर्षक देख्दा  तपाईंलाई अश्लिलता लाग्न सक्छ 
तर मलाई स्तनको कबिता लेख्दा मलाई आफ्नी आमा प्रती गर्व लाग्छ महिलाको काखबाट जन्मिन र स्तन चुसेर हुर्किन पाएकोमा ।
बाटोमा रातको समय युबतीहरु बाटोमा एक्लै  हिंड्दा पुरुष हरु त्यतिबेला आफुलाई  गलत नियत राख्ने अबसर सम्झिनछन 
तर म त्यति बेला आफुलाई तिहारमा टीका लगाउने बहिनी सम्झिन्छु र आफुलाइ उनको अभिभावकको रुपमा लिन मन लाग्छ ।