समय



संगीता अधिकारी 
जन्म लिएर यो धर्तीमा पाइला टेक्दा हरेक कुरा निश्चित नभए पनि “मृत्यु” एउटा निश्चित हुन्छ । निश्चित त हुन्छ तर त्यसको कुनै ठेगान हुदैन आज हो या भोलि । हो यहि जन्म र मृत्यु बिचको संघर्ष , सुख ,दुख , हासो अनि रोदन नै जीवन हो ।
खै के कुराको घमण्ड छ हामी मानवमा नाङ्गो शरीर आएको हो धन सम्पत्ति कमाएर सुनकै थालमा खाएर दुधैले चुठे पनि आखिर जाने खाली हात र नांगै शरिरनै हो ।
अहो! भगवानको लिला कति अपार छ खै कहाँबाट सृजना गराउछन अनि फेरि कहाँ विलिन थाहा पत्तो छैन्  । आज म खुशी छु अनि सुखी छु भोलि मेरा दुखका दिन आइदिन्छन फेरि के हो यो सुख अनि दुख म आफुले कहिलै पनि मुल्यांकन गर्न पाउदिन त ?
अर्को कुनै ब्यक्तीले तलाइ त खुब सुख छ खुब खुसी छेस भन्यो भने मैले थाहा पाउनु पर्छ बल्ल म त खुसी रैछु भन्ने म भित्र जे भए पनि म भित्र भित्रै मेरो मुल्यांकन मा दुखी नै भए पनि देखावटी वा त्यो देखिएको खुसी र सुख नै मेरो लागि मैले स्विकार्नु पर्ने खुसी हुन्छ। भोलिको कुरा कसैलाई थाहा छैन र मलाई पनि , बाचुन्जेल सन्तुष्ट हुन नसक्ने प्राणि मानव , आवश्यकता आज भन्दा भोलि एक पछि अर्को बढ्दै छन् । हाम्रो हजुरबुबा हजुरआमाले गाई वस्तु हेरेर कोसौ टाढा पुगेर मेलापात गरेर आफ्नो जिविको गरि यो सन्सारबाट बिदा लिनु भयो ।
उहाँहरुको लागि त्यो नै संसारको सबै भन्दा ठुलो सुख अनि सन्तुष्टि  थियो । यन्त्र उपकरणको विकास भयो नयाँ प्रविधि आए जीवन शैली फेरियो इच्छा र चाहाना बढ्दै गए शहर बजार र सेवा सुबिधाको धेरै विकास भयो । गाउँ घरमा घर घरै मोटर बाटो , घरकै दैलोमा पानी त्यो बाजेको पालाको तुलना मा हेर्दा धेरै मान्छेमा चेतनाको विकास भएरै त यो सब भयो होला नि हैन र??? त्यही तुलनामा जादा त अझ अझ कति सुखी अनि सम्पन्नताको परिवार बन्यो तर खै त आत्म सन्तुष्टि कहाँ हरायो ?
एक अर्काको भलाइ हैन यहाँ त कुभलाइ र कुविचार को पनि निकै विकास भएछ क्यारे त यस्तो गरिस भने म यो गरेर बदला लिन्छु अरे वा मान्छे बदलाको भाब मा न त दाजु भाइ सोच्ने त त दिदी बहिनीनै । बैगुनिलाइ गुनले मार्नु पर्छ  भन्ने ती बाजेका पालाका उखान त बैगुनिलाइ गुनले हैन ढुङ्गाले हानेर मार्नु पर्छ भन्ने सिद्धान्तमा पो परिणत भए।
आखिर के को लागि अनि कहिले सम्मको लागि यो सब तिमी अहिले जस्तो जुन अवस्थामा छौ त्यही अवस्था सधै रहनेत हैन नि वालक जवान वृद्ध हुँदै एक दिन संसार छाडेर विलिन त हुनु नै छ नि ।
के अब कमजोर दुखी अनि रोगीलाई कुनै ठाउँ नै छैन र ?
कलि आयो रे यो त कलि हो रे आज ठिक ठाक जीवन बचेको मानिस भोलि उसलाई अलिकति केही तल माथी भैदियो भने उसको त्यो ठाउँले अर्कै गति लिन्छ उसलाई आफ्नै श्रीमतीले श्रीमान को अनि श्रीमान ले श्रीमती को स्थान दिन सक्दैन रे अरुका के कुरा आफैले जन्मदिएका छोरा छोरीले सम्म बाउ आमाले जन्म दिए अरु केही गरेनन भन्दै हिड्छ्न रे।। समय अनि स्थिति ठिकै चल्दा सम्म पाएको त्यो सम्मान अनि माया खै त एकाएक हराएर जादो रहिछ यो कस्तो परिवर्तन हो फेरि समय अनि चक्र र यो भुमरी के आज एक जानाको खराब अवस्था चल्दा वेवास्ता र अपमान गर्नेको भोलि त्यो दिन न आउला भन्न सकिएला र।
दानवरुपि मानव म कसरी मानव भनु तिमिलाइ समाजमा परिवर्तनको लागि तिमिले चन्दा दियौं रे समाचार आयो तिम्रो नाम चल्यो दुनियाँ ले तिमिलाइ चिन्यो के त्यो तिमिले गरेको पाप त्यसैमा कट्टा होला र देखावटी रुप मा तिमिले धेरै सेवा अनि सहयोग गरेउ रे के त्यो सहयोग अनि सेवा तिम्रो आफ्नै परिवार भित्र चलेको छ त ?? तिम्रै कारण कसैको आत्म पल पल मर्छ कोहि तिम्रो खुसी को लागि दिन रात छट्पटाउदै दिन रात बिताउछ त्यसको वेवास्ता गर्दै तिमिले बटुलेको त्यो धन ले तिमिलाइ जिन्दगी भरिलाइ खुसी अनि सुख दिन्छ र ?
के गर्छौ धनको घमण्ड अनि अहम त्यसलाइ  छाडेर के राम्रो अनि के नराम्रो छुट्टाउन सक्ने बन तिमी ।
यस्ता रोग अनि यी महामारी खै त कुनै धनी वाला लाई नि छाडेको छैन क्यारे आज होस कि भोलि हामी पनि त यसरी सबै छाडेरै जाने हो हैन र ?
त्यसैले अरुको हैन आफ्नो बुद्धिले चलेर जिउन सिकौं । भलो नै गर्न नसके पनि सके सम्म कसैको कुभलो नचिताउ । विगत के थियो बर्तमान के हुँदै छ र भविस्य के होला हो यहि सोचेर घमण्ड तोडौ अनि एक अर्का मा सहयोग र सद्भाव कायम गरौं । आउने पुस्तालाई असल बाटो देखाउने कोसिस गरौं परिवर्तन समाजबाट हैन परिवारबाट गरौं ।