अर्घाखाँचीमा भारी वर्षासँगै बाढी र पहिरोको जोखिम हुने भन्दै सतर्कता रहन प्रशासनको अनुरोध


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सबैमा सतर्कताका लागि अनुरोध गरेको छ ।
प्रशासनले बस्ती नजिक बाढी पहिरो डुबानको जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा बस्न र नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गर्दै सतर्कताका सूचना सम्प्रेषण गरेको हो । 
अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्रशासनले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ । 
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ । 
अनुराेध यस्तो छ: –

अन्य समाचारहरु