कोरोनाको आक्रान्तमा देश, फरक बाटोमा सरकार र युवा पुस्ता


सपना घिमिरे | अर्घाखाँची 
सन् २०१९ को अन्त्यतिर चीनको बुहानबाट शुरु भएको कोरोना महामारीले सबै २१सौ शताब्दिको सबैभन्दा ठूलो मानविय संकट निम्त्याएको छ । हाम्रो देश पनि यसबाट अछुतो रहन सकेको छैन् ।दिन प्रतिदिन कोरोना भाइरस का बिरामी बडिरहेका छ्न । मृतकहरुको संख्या बढीरहेको छ। देश संकटमा फसेको छ । कोरोना कहरको पिडामा छ्ट्पटाउदै गरेका जनता भ्यक्सिन, अक्सिजन र अस्पतालमा बेड मागिरहेका छ्न तर बिकृती राजनितीले चुनाव दिएको छ । 
कोभिट अस्पताल भनी रुपान्तरण गरिएका अस्पतालमा भनेबमोजिम बेड छैन् अक्सिजनको अभाव छ भेन्टिलेटर छैनन् । कोरोना संक्रमित बिरामीहरु खुला आकाश मुनि बस्न बाध्य छन्, बेडको लागि आफन्तको चित्कार आवाज अस्पतालको परिसरमा छ । तर सरकार दलिय राजनिती , खिचतानीमा अझिएको छ । सुबिधा सम्पन्न अस्पताल छैन । त्यसको लागि कुर्नै चासो छैन ! तीन तहको कुनैपनि सरकार जनताप्रति उत्तरदायी देखिदैनन । अस्पताल निर्माण गर्ने सुबिधा उपलब्ध गराउने स्वास्थ्य सेबामा आबस्यक सामाग्री जोहो गर्नुपर्ने बेला सरकार गैह्र जिम्मेवार देखिएको छ।
छिमेकी मुलुक भारतबाट र कोरोना प्रभावित क्षेत्रबाट गाउँमा भित्रने ब्यक्तिहरुको बारे कुनै  निकायको ध्यान पुगेको छैन , त्यसैले गर्दा गाउँ धेरै ब्यक्तिहरु ज्यरो रुघाखोकी बाट ग्रसित छ्न तर त्यहा कुनै परिक्षण गरिएको छैन ! गाउँमा जोखिम बड्दो छ त्यहा कसैले चासो देखाएको छैन , तर स्थानीय निकाय हरु आफ्ना राजनिती टिकाटिक्पणी मै ब्यस्त छ्न । यस्तो अबस्थामा राजनिती दलहरु आफ्नो ब्यतिगत स्वार्थमा ब्यस्त छ्न यस्तो अबस्थाले जनता निरास छ्न ।एकातिर कोरोनाले आतंक मच्चाएको छ । कति बेला के सुन्नुपर्ने हो टुंगो छैन । यस्तो अबस्थामा राजनिती खिचतानीले मानिसहरुको सरकार प्रतीको बिश्वास हराएर गएको छ ।
देशको लागि प्रमुख भुमिका युवाको हुन्छ तर युवाहरु सामाजिक संजाल मार्फत राजनीतिक बहस गरिरहेका छन् । जसले देश लाई अधोगती सामाजिक सौहाद्र मनोभाबको दुरिलाई ब्रेक गर्ने तर्फ प्रोत्सान गर्दै लगेको छ । युवा पुस्ताको दिन सामाजिक संजालको राजनीतिक टिकाटिपणी , घिर्नालाग्दा शब्दको आगमनसगै ब्यक्तिको योग्यता गिराएको छ । जसले युबापुस्ताकोको देश बिकास प्रतिको क्षमता खेर गइरहेको छ। देशको भबिस्य निर्माण गर्ने जिम्मा युबा पुस्तामा छ तर सामजिक संजालको राजनिती टिकाटिप्पणीले युबा पुस्ताको बिज्ञतामा खोट लगाएको छ ।
भद्रगोल राजनीतिले निकास कहिले पाउने? जनताले सुरक्षाको अनुभुति कहिले पाउने ?
कहिले राजनीतिज्ञहरु कहिले सुध्रिने?जनताले जनताका लागि बनाएको सरकर यस्तो हुन्छ? किन नाम मात्रै को जनताको सरकार भनियो ?घर घरमा स्वास्थ सेबा भनी किन नचाहिने कुरा फैलाउन जस्ता प्रश्न सरकार माथी उठिरहेका छन् तर सरकार मौन छ ।  केबल आफ्ना पदिय भागबन्दामा ब्यस्थ छ । यस्तो कहालिलाग्दो  परिस्थितिमा सरकारले सबै कुराको जोहो गर्न सक्दैन जनतालाई सुरक्षा प्रदान गर्न सक्दैन भने अब जनताले कसरी बिश्वास गर्ने ?
सामाजिक सुरक्षा स्वास्थ सुरक्षा गर्ने सरकाको दायित्व भित्र पर्छ । खोइ सरकार कता  छ भनी खोज्न पर्ने बेला आएको छ। देशको समस्या एकातिर छ तर सरकार अर्कै कुरामा रोमलिएको छ ।
यस्तो बेला राजनीति भद्रगोल पारी फेरि चुनाबमा जानूलाई देस द्रोही कदम मानिन्छ। आपत कालिन यस्तो संकटको अबस्थामा चुनाबी नारा होइन जनतालाई सुरक्षा अनुभुति दिलाउनुपर्यो । अहिले मत पत्र छाप्ने पैसा भ्याक्सिन , भेन्टिलेटर , अक्सिजन , बेड किन्न मा खर्च गरिनुपर्छ। परिक्षणको दायारा बडाउन त्यसको लागि चाहिने आबस्यक सामाग्रीको जोहो गर्नुपर्छ र कोरोना आक्रन्तलाई हटाओस ।अहिले चुनावी माओल बनाउने समय होइन ।