प्रिय (गजल)


निरु आचार्य “नवरश्मी ” | अर्घाखाँची, हाल काठमाडौं  
 
तिम्रै नाममा दिल खाली, राखेको छु प्रिय 
मुटुभित्र सम्हाली,राखेको छु प्रिय 
एकछिन नबोल्दा नि छाती, चर्किएर आउछ 
टुक्राटुक्रा खोज्दै टाली,राखेको छु प्रिय 
किन यति पागल, भए तिम्रो प्रेममा 
आउछौ भनि यसपाली, राखेको छु प्रिय 
बगैंचाको फुलमध्ये, तिमी एक हौं फक्रिएको 
सुकिजान लाग्यो डाली,राखेको छु प्रिय 
तिम्रै हातको सिंदुर अनि ,बरमाला लाउने धोको 
भिजाएर टिका थाली,राखेको छु प्रिय