राजनिती एकातिर तर समयको माग अर्कैतिर


काशीराम घिमिरे
नेपाली राजनिती बिगत एकबर्ष  देखि फरक बाटोमा छ । पाँच बर्षको लागि स्थायी सरकार भनेर जनमानसमा भोट मागेका बामगठबन्दनले  तीन बर्षमा गठबन्धन फेरिएको छ ।  एकाअर्कामा छुट्टै भएका छ्न ।गठबन्धन सगै देशमा राजनैतिक  बाताबरण आर्थिक लगानिको राम्रो बाताबरण बन्ने र बिदेशी लगानी भित्रने  थियो। रोजगारी सिर्जना गरि बेरोजगारी हटाउने आशा थियो। त्यो आशा आज हामी आम नेपाली  हरुमा निरासा मा परिणत भएको छ।
 
यस्तो अवस्था यसै आएको  हैन हाम्रो प्रमुख नेतृत्व ले नै आफ्नो हिजोको सम्झौता हरु भुल्दा , चुनाबी बाचा भुल्दा यस्तो हुन पुगेको हो।प्रधानमन्त्रीले पार्टिको सुझाब नमान्ने एकलौटि काम गर्दा  समस्या हुन पुग्यो । पार्टीका अन्य नेता हरुले पनि  मोर्चाबन्दी यस्तो  समस्या हुन निम्त्यायो। एकले अर्कोलाइ नमान्ने , नटेर्ने र सत्तालिप्द  बढी हुदापनी यो समस्या आइलाग्यो हो । 
गत पौष  देखि  पुर्ण रुपमा राजनिती ले नयाँ मोड लिएको छ ।प्रधानमन्त्रीले संसद बिघटन गर्न सिफारिस गरेपछी अर्थात संसद विघटन गरेपछी यो झन स्थिती जटिल हुनपुग्यो  !सर्बोच्च ले उक्त कुरा पुनरबाहाली गरेपछी केही आशा थियो तर त्यसै समयमा दुई पार्टी लाई अलग गर्यो। सत्ताधारी पार्टीअलग भए पहिलेकै ठाउँमा भए यता आफ्नो पार्टिको त मेल मिलाप होला भनेको झन अन्तरसंघर्ष  चलिरहयो । प्रधानमन्त्रीले ले संसदमा  बिस्वासको मत लिन पुग्दा आफ्नै पार्टीको मत पाउने अबस्था आएन ,पुन रास्ट्रपति बाट आह्वान गरेको समयमा पनि त्यो सोचे अनुसार नहुदा फेरि संसद विघटनको अबस्थामा पुगेको छ।
देशमा शान्ती सुरक्षा कायम गर्ने !उधोग धन्दाको बिकास गर्ने ,रोजगारी सिर्जना गरि बेरोजगारि हटाउने बिदेशी लगानी भित्र्याउने ,बिकास निर्माण गर्ने, अतिकम बिकसित बाट देशलाई बिकाससिल राष्ट्रमा परिणत गर्ने, बाटोघाटो को राम्रो बिकास आधुनिक कृषी प्रणाली को बिकास, उन्नत बीउ मल ,आधुनीक कृषि औजार को प्रयोग !गुणस्तरीय स्वस्थ शिक्षा ,गाँस बास कपास,थियो! तर राजनीति ले देश लाई अर्को तिर मोडेको छ।
यो बिस्वब्यापीरुपमा भएको कोरोनाले नेपालीलाई पनि अछुतो राख्न सकेको छैन। देशमा गत साल देखि उक्त कोरोनाले लगभग सबै ठाउँमा आक्रन्त पारेको छ !त्यो सग सबै जुटेर सचेतता मुलक विभिन्न ठाउमा आइसोलेसन सेन्टर हरुको निर्माण, अक्सिजन को ब्यबस्था कोभिडको बिरामिको उपचारको लागि हस्पिटल को बिस्तार उचित औसधीको ब्यबस्था, सवै नागरिक लाई तत्काल ब्यबस्था ,विभिन्न  ठाउमा कोरोनाको टेस्ट को सिबिर राखी टेस्ट गर्नु पर्ने थियो ,तर त्यो हुन सकिराखेको छैन !अन्य पार्टिले पनि  सरकारको मात्र भर परेर हुदैन। यो सबैको साझा दायित्व हो , यसलाई सबैले आफ्नो ठाउँबाट सहयोग गर्न अपरिहार्य छ। सम्पुर्ण संसद आआफ्नो निर्बाचन क्षेत्रमा गएर कोभिडको बारेमा आ आफ्नो स्थानका कमि कमजोरी छ त्यो समन्वय गरि त्यो पूरा गर्नु आबस्यक छ।
अब राजनितिक निकास चाडैं निकाली देशका राजनितीक पार्टिले बेरोजगार युवाको बारेमा सोच्नुपर्छ।उधोग धन्दाको बिकास गर्नु पर्छ!बिदेसी लगानी ल्याइ देशमा लगानी गर्ने बाताबरण बनाउनु पर्छ। जवसम्म देशमा राजनितिक निकास पाउदैन , तवसम्म बिदेशी लगानी आउन गाह्रो हुन्छ।त्यसैले देशमा जतिसक्दो साधारण अबस्थामा आउनु जरुरी छ।हामी सग युवा शक्ति नभएको  पक्कैपनी होइन ।बेरोजगारी कै कारण  युवा देश छोड्न बाध्य  छ्न।बिदेशीएका  युबाहरु आफ्नै देशमा काम गर्न चाहन्छ्न। उनी हरुको गुनासो पनि पटक पटक सुनिएको छ । हामिलाइ स्वदेशमै रोजगारी भएको भए किन बिदेश आउथ्यौ , परिबार सग सगैबसी रोजगारी भएको भए कस्तो हुन्थ्यो तरपनी कुनै सीप नलागे पछि यहाँ आउन बाध्य छौँ ।अब उनिहरु लाई स्वदेशमै रोजगारी को वातावरण बनाउनु पर्छ ।सिपको बिकास र तालिमको ब्यवस्था गरिनु पर्छ , छिटो प्रतिफल  प्राप्त गर्न  कृषि क्षेत्र मा लगानी बढाउनु पर्छ। हाम्रा राजनितक पार्टी हरुले चुनाबी घोसणापत्र लाई अनि आस्वासन दिएका  रोजगारी सम्बन्धि एजेन्डा हरु भुल्नु हुँदैन ।