आमा घर नै बृदाआश्रम किन ? (कबिता / गजल)

 

 रबि पाैडेल 
आमा हजुर ले म सानाे छंदा 
मेराे चिसो कपडा निकालेर
तातो कपडा ओछ्याइदिएकाे 
म सम्झिरहेकाे छु 
म त कसरी सम्झिन सक्थें र 
बाबाले ठुलो भए पनि भन्नुभएको थियाे।
सानाे मा छाेराे कतै केही हुन्छ कि भन्ने 
पिर हजुरमा थियो आमा 
तर ,
अहिले हजुरहरु बुढेसकालमा 
आफ्नाे कपडा सिचाे हुदा 
कसले पाे फेर्दिने हाे आमा
घर नै बृदाआश्रम किन आमा ?
  
न छाेराले हेर्छ राम्रोसँग 
न छाेरिले नै हेर्न सक्छन् ?
नाै महिना काेखि देखि 
नाै बर्ष सम्म कति ख्याल गर्नुभएको थियाेे आमा
तर ,
आज नाै बर्ष हाेईन आमा
नाै दिन हजुर काे सेवा दिन पाइन !
पटपटि फुटेका खुट्टा का पैताला 
हत्केला र अाैलाभरि चिरिएका घाउहरु 
कसले देख्छ अहिले ,
घर नै बृदाआश्रम भयो किन आमा ?अहिले ?
तातेताते र लललल गरेर हुर्काउनु भयाे 
अाँखा बस्छन कि भनी अक्षर पनि चिनाउनु भयो ।
भाेकाेपेट पटुकि कसेर 
हामीलाई निकै खुवाउनु भयाे 
राेगब्यथामा कति छट्पटी भएको थियोे 
चार गाउँ डुलेर दबाइ गराउनु भयाे
तर ,
अहिले हजुरले दवाइ खाने बेला 
कता छन आमा ती सन्ततिहरु
न फाेन गर्छन ,न पैसा पठाउंछन
भेट भयाे भने चिल्ला र मिठा कुरा गर्छन 
भन्छन ,तलब बुझेपछि पठाउने छु 
तलब त हिजो मात्रै बुझेको हाे नि 
अब त महिना कुर्नु पर्छ 
यस्ता महिना त कति गए !
बाेलि किन यस्तो आउछ ?
बृद्धाआश्रम मा त बरु राम्रो स्याहारसुसार 
गर्छन भन्ने सुनेको छु आमा 
आफ्नै घरमा यसरी दुखमा किन आमा 
कति भाे छाेराछाेरि भेट्न नआएकाे ?
 कति भाे सन्चो बिसन्चाे नसाेधेकाे ?
 तर आमा ,
हजुर हरु काे हिम्मत देखेर म लज्जित छु 
याे उमेरमा पनि आफ्नाे ख्याल अाफै 
गर्न सक्नुहुन्छ आमा ,
 त्यसकारण ,
घर नै बृदाअाश्रम भयाे किन आमा?
 मिति ३ जुन २०२१