टुलुटुलु हेर (निराशा जनक भाव दर्शाउदै – कबिता / गजल)

 

रबि पाैडेल 
नदि बेचियाे यहाँ 
कलकारखाना बेचियाे यहाँ 
अब चुनडुङ्गा ,
गिट्टी र बालुवा बेचिदै छ ।
पानी बेचियाे त्यहाँ काे 
वालुवा ,गिट्टी पनि 
बेचेर धनी हुने सपना 
घर जलाएर खरानी बेच्ने तिमी !
 महाकाली ,काेसि र गण्डक मा 
मगन्य पैसा कमायाै 
काठमाडौंमा आफु र आफन्तकाे 
दरवार जस्तो महल ठडायाै ।
के नै पाे बाँकी छ र अब 
असी लाख युवा बेच्ने पनि तिमी नै 
रुख ,काठ र जंगल बेच्ने पनि तिमी नै 
अब बाँकी छ भने टल्किने उत्तर काे हिमाल 
बायुमण्डलिय अक्सिजन 
मिल्छ भने बेच अझै 
बाँकी किन र कसलाई राख्ने हाे र ?
 तिमी पछि याे देशमा खाने 
अरु सन्तान काे छ र ?
 दुनियालाई हँसायाै 
नेपाली लाई डसायाै 
देशै फसायाै 
भिर बाट खसायाै 
बेच कति सक्छौ बेच 
अब के छ बेच्न 
खाेजि खाेजि बेच 
मुटु फेर, आँखा फेर ,मृगौला फेर 
नेपाली जनता अर्को के उपाय छ र ?
 टुलुटुलु हेर !!
मिति ०३/०६/२०२१
 दक्षिण भारत ,पाण्डेचरि ।