अर्घाखाँचीमा आज ८९ जनाले कोरोना जिते, ४५ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  ४५  जना कोरोना संक्रमित थपिएका छन् ।
 जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३४७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२२ जना, भूमिकास्थान नगरपालिकामा ७१,  शितगंगा नगरपालिकामा ९५, मालारानी गाउँपालिकामा २६, पाणिनी गाउँपालिकामा ४    र छत्रदेव गाउँपालिकामा २९ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २१६५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ९५३ जना, भूमिकास्थान नगरपालिकामा ४३१, शितगंगा नगरपालिकामा २७९, मालारानी गाउँपालिकामा २०३,  पाणिनी गाउँपालिकामा ९६  र छत्रदेव गाउँपालिकामा २०३ जना संक्रमित रहेका छन् ।   
जिल्लामा आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएर ८९ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  १७६२ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८१८ जना, भूमिकास्थान नगरपालिकामा ३४७,   शितगंगा नगरपालिकामा १७३,     मालारानी गाउँपालिकामा १६७,     पाणिनी गाउँपालिकामा ८५   र छत्रदेव गाउँपालिकामा १७२ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५६ जनाको ज्यान गएको छ ।

शुक्रबारको कोरोना विवरण यस्तो छ:
शुक्रबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु