म भित्रको म (कविता)



गंगा ज्ञवाली
कीर्तिपुर काठमाडौं
 म छु र त अझै,
मेरो विषयमा चर्चा चल्छ
बहस र छल फल हुन्छ
मेरा भावना आउँछन् 
मेरा तस्बिर बदलिन्छन्
हो म छु र त अझै …
म छु र त अझै 
मेरा लेख वर्तमानमा आउँछन्
मेरा भावना आजका हुन्छन्
मेरा तस्बिर ताजा रहन्छन्
म छु वर्णनमा आज 
म छु मेरा भावनामा ताजा
अनि म मुकुराउँछु आज
म रमाउँछु आज ….
किनकि 
म आफैं आज ताजा छु
सक्रिय छु वर्णनमा छु
म छु यस धर्तीमा
विरासतमा अनि हिरासतमा
आफ्नो स्वर्ग जस्तो नेपालमा
कोरोना महामारीको बीचमा
त्यसैले 
मेरा तस्बिर बदलिन्छन्
मेरा पहिरन बदलिन्छन् 
मेरा श्वास प्रश्वास बदलिन्छन्
म वर्तमानमा रमाउन सक्छु 
हाँस्न हँसाउन सक्छु 
म चिन्तित हुन पनि सक्छु
बलिन्द्र धारा आँसु बगाउन सक्छु 
वास्तवमा म छु र त..!!
मेरा आबस्यकता बढ्नेछन्
मेरा रहर जाग्ने छन्
मेरा माया ममता हुनेछन्
वर्तमान अनि म 
म भित्र मेरा 
मेरा भित्र म
हो म आज सम्म जीवित छु भन्ने प्रमाण 
म सक्रिय छु भन्ने जानकारी 
म भित्रको म 
सल्बलाउदै जगाउँदै छ
रमाउँदै हसाउँदै छ
रुँदै रुवाउँदै छ
आज सम्म ताजा छ 
मेरो म
अनि मेरो विषयका कुरा।।।।।