अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा (एमाले) नेपाल–खनाल समूह निकट युवा संघ नेपालले उपप्रधानमन्त्री राजेन्द्र महतोले देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताविरोधि अभिव्यक्ति दिएको भन्दै त्यसको भर्त्सना गरेको छ ।
युवा संघका अध्यक्ष पुष्कर पाैडेलले एक आइतबार एक विज्ञप्ती निकाली प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको अभिव्यक्तिको स्पष्टिकरण दिनुपर्ने मागसमेत गरेका हुन् ।
पाैडेलको विज्ञप्ती भनिएको छ; ‘उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमूखी प्रवृत्तिको उजागर गर्दछ। प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरण माग गर्दछौँ।’ भारतीय दलाललाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन् ।
पाैडेलले गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाई बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले आफू अखण्डता र एकताप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरेका थिए।
यस्तै ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने सरकारको योजनाले चुरेक्षेत्र तस्कर र माफियाहरुबाट दोहन हुने भन्दै उक्त योजना तत्काल खारेज गर्न पनि विज्ञप्ती उल्लेख गरिएको छ ।
