वैज्ञानिक समाजवादी व्यवस्थामा अल्झिरहेकाे मेराे देश (कविता)


मनिषा पाण्डे 
मालारानी -०१ चाैरी अर्घाखाँची
आन्दोलनकाे भरमा चल्ने सरकार छ मेराे देशमा 
राजनीतिक अखण्डता बनाई जन्ता मार्ने नियम जस्तो बनेकाे छ,मेराे देशमा 
वैज्ञानिक समाजवादी व्यवस्थामा अल्झिरहेकाे मेराे देश
रास्ट्रवाद ,समाजवादको खाेक्रा भाषण मात्र सन्न पाईन्छ मेराे देशमा 
लाेकतन्त्र अायाे गणतन्त्र आएकाे मेराे देशमा 
न सकिन्छ गर्न व्यापार न राेजगार छ मेराे देशमा 
सिङ्गो  देश निर्माण गर्न खै कसरी तयार हुन्छन् 
हिज आज भित्र भित्र बलात्कार र करणी छ मेराे देशमा 
रेमिटेन्सले चलेकाे याे देशमा युवाहरु बिदेश तिर 
बस कारण यतिनै हाे बेरोजगारी छ मेराे देशमा 
कहिले बन्ला नयाँ नेपाल हेर्ने प्रतिक्षामा छन् नेपाली
कति सुन्नु खाेक्रा भाषण मात्र दिक्कार छ,मेराे देश भनी गर्व गर्न 
शव्द सिर्जना 
नाम : मनिषा पाण्डे 
मालारानी -०१ चाैरी अर्घाखाँची