अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३३८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११८ जना, भूमिकास्थान नगरपालिकामा ३८, शितगंगा नगरपालिकामा ९५, मालारानी गाउँपालिकामा २२, पाणिनी गाउँपालिकामा ५२ र छत्रदेव गाउँपालिकामा १३ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २२७२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ९७८ जना, भूमिकास्थान नगरपालिकामा ४३८, शितगंगा नगरपालिकामा २९६, मालारानी गाउँपालिकामा २०५, पाणिनी गाउँपालिकामा १४८ र छत्रदेव गाउँपालिकामा २०७ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म १८७३ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ८४५ जना, भूमिकास्थान नगरपालिकामा ३८५, शितगंगा नगरपालिकामा १९०, मालारानी गाउँपालिकामा १७३, पाणिनी गाउँपालिकामा ८९ र छत्रदेव गाउँपालिकामा १९१ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६१ जनाको ज्यान गएको छ ।
मंगलवारको कोरोना विवरण यस्तो छ:
