अर्घाखाँची आवासीय मावी भुतपुर्व विद्यार्थी समाजबाट जिल्ला अस्पतालको लागि स्टाफ नर्स दरखास्त आह्वान


अर्घाखाँची आवासीय माध्यमिक विद्यालय भुतपुर्व विधार्थी समाजले अर्घाखाँची जिल्ला अस्पतालको लागि एक जना एचडियु र आईसियु नर्स उपलव्ध गराउन दरखास्त आह्वान गरेको छ । अर्घाखाँची अस्पतालमा स्टाफ नर्सकाे ब्यबस्थापन गर्दै अर्घाखाँची आवासीय माध्यमिक विद्यालय भुतपुर्व विद्यार्थी समाजद्वारा अर्घाखाँची अस्पताल बिकास समिति सन्धिखर्कको सहकार्यमा निम्न पदमा एकजना कर्मचारी नियुक्तिको लागी सिफारिस गर्नुपर्ने भएकोले उच्चतम रुपमा उत्प्रेरित, युवा, सशक्त र प्रतिस्पर्धी उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ ।
 
आवश्यकता सम्बन्धी सुचना

 पद: स्टाफ नर्स
आवश्यक योग्यता:
क. नर्सिङ्ग विषयमा डिप्लोमा तह उत्तीर्ण गरि नेपाल नर्सिङ्ग परिषदमा दर्ता भएको 
ख. कम्तिमा एक वर्षको अनुभव गरि आई. सि. यु./ एच. डि. यु. मा कम्तिमा ६ महिना काम गरेको 
सेवा गर्ने स्थान: अर्घाखाँची अस्पताल, सन्धिखर्क
पारिश्रमिक: रु. ४०,०००/-
स्थानिय र एक वर्ष अवधी काम गर्न प्रतिबद्द उम्मेदवारलाई प्राथमिकता दिईने छ ।
सम्पर्क: माथी उल्लेखित योग्यता पुगेका उम्मेदवारहरुले व्यक्तिगत विवरण सहित ahebsalumni@gmail.com मा निवेदन पेश गर्नुहोला ।
दरखास्त दिने अन्तिम मिति: २०७८/०२/३१