कोरोनालाई भोग्नु र हेर्नुमा फरक रहेछ


नबिन पराजुली
बैशाख १४ गते  बिहान हल्का खोकी र सरिर दुखाई महसुस भयो | पहिला पनि  समय- समयमा खोकी लागिरहने हुदा कोरोना नै हो भन्ने संका गरिएन र सरिर दुखाइलाइ पनि बेवास्ता गरियो | तर दिउसो १२-१ बजेतिर टाउको दुख्न थालेपछि १ ट्याब्लेट सिटामोल खाएर आराम गरियो | म मात्र नभएर मेरो भाई लाई समेत सरिर दुखाई , खोकी र आखा रातो भएको थियो र स्वाद र गन्ध समेत हराएको थियो |आखामा इनफेक्संन भयो कि भन्ने सोचेर १३ गते आइड्रोप्स पर्योग गरियो तर त्यो खासै असर देखिएन| भाईको आखा रातो र सरिर दुखाई चलिरहेको थियो भने मेरो सिटामोल को पार्योगपछी टाउको दुखाई चाहिँ हल्का कम भएको थियो तर खोकी र सरिर दुखाइचाहिँ यथावत नै थियो | 
यस्तै १५-१६ गते पनि नियमित सिटामोल पर्योग गरियो र पहिला भन्दा धेरै सुधार आयो र भाईको आखा को समस्या पनि सुधार हुदै गयो | तर १५ गते मम्मीलाई धेरै नै सरिर दुखेपछि योगीकुटी गएर  मेडिकलमा चेक गरेर केहि औसधि प्रिसकाइब गरियो | २ दिन तेही औसधि पर्योग गरेपछि १६ गते राति ८ बजे सारै नै डरलाग्दो क्षण बन्न पुगेओ |खाना खाने क्रममा मम्मी बेहोस हुनुभयो र उहालाई त्यहाँबाट उठाएर कोठामा लगियो | एकैछिन मा होस् आयपछी उहाको BP चेक गरियो जुन ९०/६० थियो | अर्को दिन भोलिपल्ट बिहान डाक्टरको सल्लाहअनुसार x-ray गरियो र तेसमा समस्या देखीयेपछी PCR गर्नुपर्ने भयो र PCR गरियो र नतिजा पनि सोचे अनुरुप नै आयो (positive) | 
अब मनमा अनेक डरहरु खेलिरहेकोथियो तापनि मम्मिलाई चाहिँ केहि हुदैन भन्दै मनोबल बढाइहेको थिए | डाक्टर कै अनुसार केहि औसधी र भिटामिन लिएर घर आएपछी छूतै कोठामा बसियो र मम्मी को सेवा मा खटियो | भनिन्छ डराउनु हुदैन आतिनु हुदैन तर भने जस्तो कहिले हुन्छ र ? कहिँ कतै मनमा डर त आउने नै रहेछ | अझ त्यो समाचारमा अक्सिजन र अस्पतालमा ICU को कमि ले धेरै नै त्रास बनाईहेको थियो | त्यो घाउमा मा नुन थप्ने काम तब भयो जब सोसल मिडियामा कोरोना को कारण अल्पआयुमै मृत्यु भएकाहरुको श्रद्धाञ्जली को पोष्ट दिनहु देखियो | आफूलाई भित्र भित्रै डर लागेपनी मम्मीलाईचाहिँ कहिले डरायको महसुस गराइएन | धेरै सुभचिन्तक हरुको फोनमेसेज आयो र थुप्रै सुझाब सल्लाह हरु पनि दिनुभयो| ३-४ दिनपछि मम्मिलाईअलि बढी नै कोरोना ले असर देखायो र छाती पनि बेसरी नै दुखेपछी डाक्टर को अनुसार केहि औसधी थपियो| श्वासप्रश्वास मा खासै समस्या नआएको र अक्सिजन पनि ९६-९७ भएको हुदा घरमै उपचार सम्भव भयो | 
तर छातीमा दुखाई र कमजोरीपनले भने छोडेको थिएन | १० दिनपछि बल्ल मम्मीले स्वाद र गन्ध थाहा पाउनु भयो | यता मलाई र भाइलाई  हल्का कमजोरीपन र सरिर दुखाई रहेतापनि आफूलाई निको भएको महसुसभैराखेको थियो | यसै क्रममा १४ दिन पछी pcr (negative) देखियो  तर पनि कमजोरीपन केहि दिनसम्म यथावत नै रहयो | यस क्रम मा धेरैले सहयोग गर्नु भयो तर छिमेकि दाजु शिशिर कुवर ले गर्नुभएको सहयोग निकै सम्झनलाएक रहयो | कोरोना का कारण बाहिर निस्कन नमिलेकोले दिनहु चाहिने घरायसी सामान दाजुले कुनै दुख नमानी ल्याउने काम गर्नु भयो| त्यसैले यस बिपत्तिमा सहयोग गरिदिनुवएको मा उहा लगाएतसम्पूर्ण आफन्तजन र सुभचिन्तक हरुलाई धेरै धेरै धन्यबाद व्यक्त गर्दछु|
होम आइसोलेशन मा गरिएका र गर्नुपर्ने कामहरु:
यसक्रममा जति सक्दो आफ्नो मनोबल उच्च बनाउनु पर्छ | त्यसको लागि केहि दिन बाहिरी समाचार बाट तादै रहेको राम्रो हन्छ|
 त्यसै गरि कुनै पनि औसधी पर्योग गर्दा डाक्टर को सुझाब अनुसार नै पर्योग गर्ने र जथाभावी सोसल मिडिया भाइरल भएका औसधी को पर्योग गर्दै नगर्ने | अर्को महातोपूर्ण कुरा खानपिन मा एकदमै ध्यान पुर्याउनुपर्ने हुन्छ | कोरोना लगिसकेपछि डराउनु भन्दा पनि अब एस्लाई कसरि निको बनाउने भनेर सोच्नु पर्छ |यसका लागि नियमित औसधी सेबन गर्ने र झोलिलो पदार्थको सेबन गर्नुपर्ने हुन्छ |
 प्रतेक २-२ घण्टामा खाना खानु पर्छ जसले गर्दा कमजोरीपन को महसुस हुदैन | यति गर्दा गर्दै पनि धेरै नै समस्या आएमा डाक्टरको सल्लाह अनुसार नै काम गर्नुपर्छ र हस्पिटल जानुपरे ढिला गर्नु हुदैन |