मनभरिको प्रश्न कहाँ ?



गंगा ज्ञवाली
कीर्तिपुर काठमाडौं
अनिश्चित भविष्यको कल्पनामा रमाएकाहरु
वर्तमान लाई सधैं दास जस्तै बनाएका हरु
खै कहाँ छ कुन्नि भोलि? 
प्रेम काे परिभाषा कहिल्लै नबुझ्नेहरु 
आमाको आँसु बेची प्रेमिका पोस्नेहरु
कहिल्लै प्रेम गर्न र पाउन सक्यौं र?
क्षणिक स्वार्थमा निर्लज्ज लिप्त नर भच्छीहरु
आमाको रगतमा होली खेल्ने नर पिपासु हरु
आमाको छाती माथि कति खेल्छौ हो कुस्ती?!!
शासनको अर्थै नबुझी शासक बनेका हरु
आफ्ना सन्ततिको रक्षा गर्न नसकेका कुपिताहरु
तिमीलाई मस्ती मात्रै जनतालाई शास्ती मात्रै ???
मुटुभरी अदृश्यपीडा चोट बोकेर मुस्कुराएकाहरु
मनभरि अनेकन सपना सजाएका म हरु
चोट पीडामा मलम र सपनामा शक्ति कहाँ होला र?