गृष्मऋतु ( गीति कविता )


काशीराम घिमिरे
लेखबेशी देखिए जताततै ,हरियाली डाँडा  वनपाखैमा!
बगैंचामा देखिए जताततै ,लटरम्म छ्न फलहाँगैमा!
चरिहरु बचेरीलिइ उठदैछन ,हुलसाथै आकासैमा!
सुनौसुनौ लाग्ने उनैको ,चचचुचु त्योआवाजमा!
बारिमा मकैको बोट ,देखिन्छन्  सब,हरियाली!  
म किसान छु तेतै ब्यस्त  ,गोडमेल साथै खनखाली !
बेलाबेला आउँदछन समूह,तित्रा अनि कालिजको!
डालिबसी गाउछिन न्याउली ,मेरो ध्यान  खालिगयो!
खेतमा धानको बीउ,लगाउने  सब बेलाभयो!
हलिदाइले गोरुजोते,,मेरो आलिलाउने पालोभयो!
दिदिबहिनी  छापो काट्दछ्न ,हर्खेदाइ छ कुनातिर !
फुर्सदै छैन कसैलाई  पनि ,सबैछ्नआफ्नै सुरतिर!
युवाजोस देखिदैछ जताततै,काम मेलापात हरुमा!
वरपर सुनिन्छ्न गित ,मुरेली, धुन ,सुर, हरुमा!
समय यहीँ होअब मानोरोपी ,मुरि फलाउने  बेला !
लागेकाछौ सबै किसान !जुटेकाछौ सबै मेला!