करदाता सेवा कार्यालय सन्धिखर्कको अन्तःशुल्क इजाजतपत्र नवीकरणमा छुट सम्बन्धी सूचना



अन्तःशुल्क इजाजतपत्र नवीकरणमा छुट  सम्बन्धी करदाता सेवा कार्यालय सन्धिखर्कको अत्यन्त जरुरी सूचना !
आर्थिक अध्यादेश, २०७८ को दफा २६ ले  अन्तःशुल्क ऐन, २०५८ बमोजिम इजाजतपत्र लिई तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजतपत्रवालाले इजाजतपत्र नवीकरण गराई कारोबारलाई निरन्तरता दिन चाहेमा संवत् २०७८ साल साउन मसान्तभित्र प्रत्येक वर्षको लागि नवीकरण बापत लाग्ने दस्तुर बुझाई नवीकरण गरेमा लाग्ने जरिबाना मिन्हा हुने व्यवस्था गरेको र उक्त छूट सुविधा सम्बत् २०७८ जेठ १५ देखि नै लागू भईसकेको हुँदा अर्घाखाँची जिल्ला भित्रका बिगतमा मदिरा, सूर्तिजन्य पदार्थ लगायत अन्तःशुल्कजन्य वस्तुको कारोवार गर्नको लागि इजाजतपत्र लिएका तर नवीकरण नगराएका करदाताहरूलाई सम्वत् २०७८ श्रावण मसान्त भित्र इजाजत पत्र नवीकरण गराई जरिवाना छुटको सुविधाबाट लाभान्वित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त अवधिभित्र इजाजतपत्र नवीकरण नगराउने इजाजतपत्रवालाको इजाजतपत्र स्वतः खारेज हुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ । 

पुनश्च, आर्थिक अध्यादेश, 2078 ले दफा 20 देखि 33 सम्म विभिन्न छुट, सुविधा र सहुलियतहरूको व्यवस्था गरेकोले सो सम्बन्धमा आन्तरिक राजस्व विभागको वेबसाईट www.ird.gov.np मा लगअन गरेर, यस कार्यालयको फोन नम्बरः- 077-420920 / 077- 420921 मा फोन गरेर  वा  कार्यालयमा प्रत्यक्ष उपस्थित भएर विस्तृत जानकारी लिई आर्थिक अध्यादेशले प्रदान गरेको छुट सुविधा र सहुलियतबाट लाभान्वित हुन समेत सम्बन्धित सबैलाई हार्दिक अनुरोध छ ।


अनुरोधक
करदाता सेवा कार्यालय सन्धिखर्क