सपना (गजल)


विनोद श्रेष्ठ
जब सुन्दर शहर बगर बनेपछि 
सबैलाई रुवाउने देैवको रहर बनेपछि !
 मनै थाम्न सकिएन हेरेपछि ती दृश्यहरु 
बाढि पिडित मान्छेका आँसु बरबर  झरेपछि
न गास छ न बास केवल एक मात्र सास छ
कस्को के लाग्छ जब  दैबको नजर लागेपछि
किन लागाेस भाेक प्यास निद्रा अनि सपनाहरु
जब आफ्ना सपना संगै  घर बगेपछि !!