असार आयो (गीति कविता)


काशीराम घिमिरे 
पाणिनी -४पटौटी अर्घाखाँची
आयो आषाढ  महिना यो,रोप्छौ धान सबैमिली 
छायो फाँटमासबै  किसान ,खन्ने जोत्ने कामगरी 
गर्छौकाम दिनभरी सधैं ,वालीर सुसेली स्वारफाँटमा 
झर्छौ बेशिहरुमा सँगसँगै ,रमाइलो झन   साथमा
देखिन्छ जताततै फाँटमाहरुमा, खेताला र खेतालीहरु
भेटिन्छ जताततै असारेझरिमा, जोत्दैछ्न हलिगोरु
भेटिन्छ्न ठिँगारे दाजु ,आलिलाऊदै आलितिर
देखिन्छन् कोहिभाइ,बिउ बोक्दै डोकोसिर
खेतालीहरु धान रोप्दै,वारपार छ्न गरैभरी 
खेतालाहरु हिलोमा छ्याप्दै कहिँ, मलछर्दछ्न हिलैभरी 
धान रोपि सकेपछी ,सबैमिली खाना खान्छ्न
नाँचगान सगै गरेपछी ,साँझमा सब घरजान्छ्न
गर्छौं काम हामीसँधै, यहीँहो हाम्रो कर्तव्य 
भर्छौ माँयायहीँ  माटोमासाधै, यहीँहो हाम्रो सत्कर्म
मनाँऊछौ  धानदिवस सधै,आषाढ महिना मास
फलाउछौ धान सधैं ,भित्र्याउछौ मङ्सिर मास