अर्घाखाँचीमा एमाले जिल्ला कार्यालय बैठक सम्पन्न, खड्काद्धारा संगठन निर्माणमा जुट्न निर्देशन


शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा एमाले जिल्ला कार्यालय अर्घाखाँचीकाे बैठक सम्पन्न भएको छ ।
  बैठकमा  पार्टीको पालिका कमिटीका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष तथा सचिवहरुलाई समेत आमन्त्रण गरिएको थियो ।
बैठकले पार्टी केन्द्रीय कमिटीकाे निर्देशन अनुसार पार्टी सदस्यता नविकरण गर्ने, पार्टी सदस्यहरूकाे रेकर्ड ब्यवस्थित गर्ने, काेभिडका कारणले मृत्युुवरण  गर्नुहुने पार्टी नेता, कार्यकर्ता लगायत सबैमा श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।
बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एकीकृत र सुदृढ एमाले बाट नै मुलुकले निकास पाउने भन्दै पार्टीको पक्षमा जनमाओल निर्माण गर्नुपर्नेमा जोडदिनु भयो । 
राष्ट्रिय सभाका पुर्व सदस्य समेत रहनुभएका खड्काले जनमतबाट भाग्न खोज्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने भन्दै ,अब मुलुकको ध्यान चुनावमा केन्द्रीत भएको बताउनुभयो ।  जनताको स्वास्थ्य प्रति सरकार सचेत रहेको भन्दै उहाँले अबको केही समयमै १८ बर्ष माथिका सबै नेपालीलाई कोभिड बिरुद्धको खोप लगाउने तयारी भैरहेको समेत बताउनुभयो ।
नेकपा एमाले अर्घाखाँचीका सह-संयोजक पिताम्बर भुसालको अध्यक्षता र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले  प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय समन्वय कमिटीका ईन्चार्ज नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटी सदस्यहरू कुटमदिन अलि,  जनार्दन खनाल लगायतका नेताहरूको उपस्थिति रहेको एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.ले बताउनुभयो ।

अन्य समाचारहरु