सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २२६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०७ जना, भूमिकास्थान नगरपालिकामा ४१, शितगंगा नगरपालिकामा १६, मालारानी गाउँपालिकामा ३५, पाणिनी गाउँपालिकामा २० र छत्रदेव गाउँपालिकामा ७ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २८३६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२१० जना, भूमिकास्थान नगरपालिकामा ५२० जना, शितगंगा नगरपालिकामा ३४४ जना, मालारानी गाउँपालिकामा २७५ जना, पाणिनी गाउँपालिकामा २३३ जना र छत्रदेव गाउँपालिकामा २५४ जना संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा जिल्लामा १७ जनाले कोरोना जितेका छन् । यस्तै जिल्लामा गत वर्षदेखि आजसम्म २५४२ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १०८३ जना, भूमिकास्थान नगरपालिकामा ४६४ जना, शितगंगा नगरपालिकामा ३१७ जना, मालारानी गाउँपालिकामा २२९ जना, पाणिनी गाउँपालिकामा २०५ जना र छत्रदेव गाउँपालिकामा २४४ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २० जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११, मालारानी गाउँपालिकामा ११, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।