हार्दिक श्रद्धाञ्जली | सन्धिखर्क नगरपालिका – ८ का वडाअध्यक्ष ईश्वरी प्रसाद भुसाल

हार्दिक श्रद्धाञ्जली  |  हार्दिक श्रद्धाञ्जली | हार्दिक श्रद्धाञ्जली 


सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ का वडाअध्यक्ष एवं सामाजिक बिकास समितिका संयोजक, नेकपा (एमाले) का जिल्ला कमिटी सचिवालय सदस्य, जनता कृष्ण माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा अर्घाखाँची डटकम का शुभचिन्तक एंव अभिभावक  श्रद्देय इश्वरी प्रसाद भुसालको ६१ वर्षको उमेरमा काठमाण्डौको ह्याम्स अस्पतालमा कोभिड १९ को उपचारको क्रममा भएको अकल्पनीय निधनले स्तब्ध एवं मर्माहत बनाएको छ । 

के गर्दैछ स्थानीय सरकार अर्घाखाँची डटकमको अभियान सनपा-८ का स्व.वार्ड अध्यक्ष ईस्वरी प्रसाद भुसालबाट सुभारम्भ भएको अभियान ६१ वार्डमा गएर नै समापन भएको थियो। यस अभियानलाई अगाडी बढाउनको लागी स्व.ईस्वरी भुसालको डट्कमलाई दिएको थप उर्जा र हौसलाले नै हाम्रो अभियान लाई अगाडी बढाउनको लागी  सहज भएको थियो।

श्रद्देय इश्वरी प्रसाद भुसालको निधनले अर्घाखाँची जिल्लाले कुशल जनप्रतिनिधी, निष्ठावान राजनितिकर्मी, दक्ष शिक्षा सेवि र निस्वार्थ समाजसेवी ब्यक्तित्वलाई गुमाउन पुगेको छ । यस दु:खद घडीमा मृत आत्माको चिर शान्ति को कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का सम्पुर्ण जनतामा गहिरो समवेदना ब्यक्त गर्दछौ।

मेहरसिंह के.सी.
प्रमुख/प्रधानसम्पादक

सन्तोष के.सी.
सम्पादक 
तथा सम्पूर्ण अर्घाखाँची मिडिया हाउस प्रा.लि. परिवार
www.arghakhanchi.com