अर्घाखाँचीमा आज मंगलबार ८७ जना कोरोना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ८७  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४८३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २३० जना, भूमिकास्थान नगरपालिकामा १०२,  शितगंगा नगरपालिकामा २९,  मालारानी गाउँपालिकामा ५६, पाणिनी गाउँपालिकामा ५८               र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३२५१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३९६  जना, भूमिकास्थान नगरपालिकामा ६१२ जना,     शितगंगा नगरपालिकामा ३६६ जना,       मालारानी गाउँपालिकामा ३२४ जना,  पाणिनी गाउँपालिकामा २९२    जना  र छत्रदेव गाउँपालिकामा २६१  जना संक्रमित रहेका छन् ।   
साथै  जिल्लामा गत वर्षदेखि आजसम्म  २६९७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ११४५ जना, भूमिकास्थान नगरपालिकामा ४९५ जना,  शितगंगा नगरपालिकामा ३२५ जना,   मालारानी गाउँपालिकामा २५६ जना,    पाणिनी गाउँपालिकामा २२६ जना   र छत्रदेव गाउँपालिकामा २५०  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा १२,       पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
मंगलबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु