सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५१९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २५९ जना, भूमिकास्थान नगरपालिकामा १०२, शितगंगा नगरपालिकामा २९, मालारानी गाउँपालिकामा ५५, पाणिनी गाउँपालिकामा ६३, र छत्रदेव गाउँपालिकामा ११ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३३२० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १४४७ जना, भूमिकास्थान नगरपालिकामा ६१५ जना, शितगंगा नगरपालिकामा ३६६ जना, मालारानी गाउँपालिकामा ३२७ जना, पाणिनी गाउँपालिकामा ३०० जना र छत्रदेव गाउँपालिकामा २६५ जना संक्रमित रहेका छन् ।
साथै गएको २४ घण्टामा जिल्लामा ३३ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म २७३० जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ११६७ जना, भूमिकास्थान नगरपालिकामा ४९८ जना, शितगंगा नगरपालिकामा ३२५ जना, मालारानी गाउँपालिकामा २६० जना, पाणिनी गाउँपालिकामा २२९ जना र छत्रदेव गाउँपालिकामा २५१ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा १२, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।