अर्घाखाँची अस्पतालद्धारा डा. गौतमलाई एम्बुलेन्समा थुनेर दुर्व्यवहार गर्ने खड्कालाई कारबाही गर्न माग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला  अस्पतालले प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वललाई कारबाही गर्न माग  गरेको छ । 
अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पताल प्रमुख डाक्टर कपिल गाैतमले बिहीवार एक विज्ञप्ती जारी गरी डा. गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने खड्कालाई  कारबाही गर्न माग  गरेको हो ।
जारी विज्ञप्ती भनिएको छ; ‘हालको कोभिड महामारीमा, स्रोतसाधन, जनशक्तिको अभाबको वावजुद पनि २४ सै घण्टा सातै दिन आफ्नो परिवार र ज्यानको प्रवाह नगरी बिरामीको स्वास्थ्यको संवेदनशीलताको ख्याल गरी अहोरात्र खटिने अस्पताल प्रमुख लगायत ड्युटीमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति गरिएको दुर्व्यवहारले सम्पूर्ण स्वास्थ्यकर्मीको काम गर्ने मनोबल गिरेको, उत्साह घटेको र असुरक्षित महसुश भएको छ । स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने यस्ता क्रियाकलापले आफ्नो ज्ञान, सिप, दक्षताको सहि सदुपयोग गरि सेवामा तल्लीन हुन निकै कठिन हुने सम्पूर्ण अस्पताल कर्मचारीले महशुस गरेका छन् र कोभिड–१९को महामारीमा सेवामा खटिन निरुत्साहित भएका छन् तसर्थ सम्पूर्ण सरोकारवाला लगायत सम्बन्धित निकायलाई यस घटना प्रति गम्भिर ध्यानाकर्षण गराई घटनाको सत्य तथ्य छानबिन गरी दोषी माथी प्रचलित ऐन नियम अनुसार कारवाहि प्रक्रिया अगाडि बढाई स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न यस अर्धाखाची अस्पताल परिवार जोडदार माग गर्दछ ।’ 
साथै उता प्रहरी प्रशासनले घटनाको अनुसन्धान गर्ने भएको स्रोतले बतायो ।  खड्का भने आमालाई लिएर काठमाडौं गएका छन् ।    
खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका प्रमुख  डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका थिए ।  
खड्काले  कोरोना संक्रमित आफ्नो आमालाई जिल्ला अस्पतालबाट रिफर गरि काठमाडौं लैजाने क्रममा सो व्यवहार गरेका थिए । साथै खड्काले एम्बुलेन्समा लात्ती प्रहार गरेका थिए ।
साथै अस्पताल स्रोतका अनुसार डा.गौतम आज मेडिकल  डियुटीमा नभएता पनि जिल्लाबाट पुर्व राष्ट्रिय सभाको सदस्य भएको नाताले आफै अक्सिजन मिलाउन एम्बुलेन्समा चढेको बखत एक्कासी एम्बुलेन्सको ढोका बन्द गरि यसलाई पनि काठमाडौं लगेर हिड यिनी डाक्टरको काम छैन भनी मानसिक तनाव दिनुका साथै एकछिन एम्बुलेन्समा थुनेका थिए। डा. गौतमलाई स्थानियबासीहरुले एम्बुलेन्सबाट उद्दार गरेका थिए । उनलाई ८ मिनेट जती एम्बुलेन्समा थुनेको स्थानियबासीहरुले बताएपनि स्पष्ट हुन सकेको छैन् ।      
त्यस्तै डियुटिमा खटिएकी डा.पुजा पन्तलाई त को होस ? भन्दै अभद्र दुर्व्यवहार गरेको र रिसमा डाक्टरहरूलाई तथनाम गालिगलौज गर्दै एम्बुलेन्सलाई लात्तीले हानेको प्रत्यक्षदर्शीले बताएका थिए ।  
डा. गाैतमले भने “स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्नुका साथै अक्सिजन मिलाईदिन भित्र पठाएर एम्वुलेन्सभित्र केहिबेर मलाई थुन्नुभाे ।”  “बिरामी बाेक्ने पवित्र एम्वुलेन्सलाई लात्ताले हिर्काउनुभाे ।”
स्वास्थ्यकर्मीहरुकाे मनाेवल गिर्नेगरि सम्मानित व्यक्तिबाट व्यवहार हुँदा आफुलाई निकै दुख लागेकाे गाैतमले बताए । 
” केही असामान्य व्यवहार सहित हामीमाथि दुर्व्यवहार भएकाे हाे ।” गाैतमले भने “तर हातपात नै भएकाे र भाैतिक आक्रमण भएकाे अवस्था चै हाेइन ।”
साथै अस्पतालमा डाक्टरहरुले विरामीलाई अक्सिजन दिएर राम्रो उपचार गरेको बताएका छन् ।  खडकाले किन यस्तो व्यहवार प्रदर्शन गरे भन्ने कुरा अझै अनविज्ञ रहेको छ। अर्घाखाँचीडट्कमले खडकालाई सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेको छैन।तथापि यस विषम परिस्थितिमा जिम्मेवार पङ्क्तिबाट नै यसरी स्वास्थ्यकर्मी माथि भएको मानसिक दवाव एंव अभद्र व्यहवारले स्वास्थ्यकर्मीको मनोवलमा आच आउने निश्चित देखिन्छ ।
उता गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न उपनिर्वाचनमा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का पराजित भएका थिए । भने विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए । पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 
सम्बन्धित समाचारहरु:-



अन्य समाचारहरु