अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलले चुनौती दिएका छन् ।
खड्काले अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाललाई दबाब आएर घट्नाको अनुसन्धान नगरि हस्ताक्षर गरेको भन्दै चुनौती दिएका हुन् ।
उनले बिहीवार फेसबूक पोस्टमा काठमाडौको शिक्षण अस्पतालमा उपचारत आमाको तस्बिर राख्दै अस्पतालको विज्ञप्ती कपोकल्पित भएको भन्दै घटनाको बारेमा असहमति जनाएका छन् ।
खड्काले भनेका छन्; कपोकल्पित यो प्रेस बिग्यप्तीमा भरिएका सब्दजाल प्रती मेरो असहमति राख्दै अस्पतालमा हुने अनियमित कार्यको केही समय अगाडि खोपको लगाउने बिसयमा आएदेखी अन्य कुराहरुले मान्छे बचाउने होइन मार्ने तिर उद्दत देखिन्छ,घटनाको हबाला बारेमा अर्घाखाँची जिल्ला अस्पताल जसको साक्षी सयौं अस्पतालमा बिहान ७ बजे देखि दुख पाएका नागरिक छन,यदि कसैको दबाब नभएमा भन्नेछन,हस्ताक्षर कर्ता श्री कृष्ण भुसालले कति अनुसन्धान गरेर हस्ताक्षर गर्नु भयो कुन्नी?उहाँहरुको आरोप अनुसार मेरो अपराध हो भने म काठमाडौ शिक्षण अस्पतालमा आमालाई बचाउने कोसिसमा छु,गिरफ्तार हुनु पर्ने हो भनेको लागि सूचना ………??//??
उता अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पताल प्रमुख डाक्टर कपिल गाैतमले बिहीवार एक विज्ञप्ती जारी गरी डा. गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने खड्कालाई कारबाही गर्न माग गरेको छ ।
जारी विज्ञप्ती भनिएको छ; खड्काले गरेको दुर्व्यवहारले अस्पतालका स्वास्थ्यकर्मीहरुको अशुरक्षित भएको, मनोबल गिरेको र उत्साह घटेको छ । स्वास्थ्यकर्मी कोभिड -१९ को सेवामा खटिन निरुत्साहित भएका छन् । साथै घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको छ ।
साथै उता प्रहरी प्रशासनले घटनाको अनुसन्धान गर्ने भएको स्रोतले बतायो । खड्का भने आमालाई लिएर काठमाडौं गएका छन् ।
खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका थिए ।
खड्काले कोरोना संक्रमित आफ्नो आमालाई जिल्ला अस्पतालबाट रिफर गरि काठमाडौं लैजाने क्रममा सो व्यवहार गरेका थिए । साथै खड्काले एम्बुलेन्समा लात्ती प्रहार गरेका थिए ।
साथै अस्पताल स्रोतका अनुसार डा.गौतम आज मेडिकल डियुटीमा नभएता पनि जिल्लाबाट पुर्व राष्ट्रिय सभाको सदस्य भएको नाताले आफै अक्सिजन मिलाउन एम्बुलेन्समा चढेको बखत एक्कासी एम्बुलेन्सको ढोका बन्द गरि यसलाई पनि काठमाडौं लगेर हिड यिनी डाक्टरको काम छैन भनी मानसिक तनाव दिनुका साथै एकछिन एम्बुलेन्समा थुनेका थिए। डा. गौतमलाई स्थानियबासीहरुले एम्बुलेन्सबाट उद्दार गरेका थिए । उनलाई ८ मिनेट जती एम्बुलेन्समा थुनेको स्थानियबासीहरुले बताएपनि स्पष्ट हुन सकेको छैन् ।
त्यस्तै डियुटिमा खटिएकी डा.पुजा पन्तलाई त को होस ? भन्दै अभद्र दुर्व्यवहार गरेको र रिसमा डाक्टरहरूलाई तथनाम गालिगलौज गर्दै एम्बुलेन्सलाई लात्तीले हानेको प्रत्यक्षदर्शीले बताएका थिए । बुधवार बिहान ११ः३२ बजे पूर्व राष्ट्रियसभा सदस्य श्री चन्द्र बहादुर खड्का ज्यूको आमालाई उपचारको लागि यस अस्पतालको आकस्मिक कक्षमा ल्याइएको र नि. मे. सू. डा.कपिल गौतम, डिउटीमा रहेका डा.पूजा पन्थ र आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मी द्वारा चेकजांच गरि केही समय आकस्मिक कक्षको अब्जरभेसन एरियामा राखी उपचार गरीएको र कोभिड निमोनियाको जटिलताको बिषयमा जानकारी गराई थप उपचारको लागि काठमाण्डौं जाने परामर्श दिई रिफर गरिएको थियो । आकस्मिक कक्षबाट डा.कपिल गौतम र डा.पूजा पन्थले रिफरको पुर्जि बुझाई अन्य बिरामी जाँच गरिरहेको र सोहि समयमा बिरामी एम्बुलेन्समा सार्ने क्रममा उहाँबाट डा.पूजा पन्थ तथा अन्य स्वास्थ्यकर्मी माथि तँ को हो ? यहाँको ओ .जे.टी., नर्स डाक्टर सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केहि तलमाची भयो भने सब जिम्मेबार हुन्छौं ।”
डा. गाैतमले भने “स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्नुका साथै अक्सिजन मिलाईदिन भित्र पठाएर एम्वुलेन्सभित्र केहिबेर मलाई थुन्नुभाे ।” “बिरामी बाेक्ने पवित्र एम्वुलेन्सलाई लात्ताले हिर्काउनुभाे ।”
स्वास्थ्यकर्मीहरुकाे मनाेवल गिर्नेगरि सम्मानित व्यक्तिबाट व्यवहार हुँदा आफुलाई निकै दुख लागेकाे गाैतमले बताए ।
” केही असामान्य व्यवहार सहित हामीमाथि दुर्व्यवहार भएकाे हाे ।” गाैतमले भने “तर हातपात नै भएकाे र भाैतिक आक्रमण भएकाे अवस्था चै हाेइन ।”
साथै अस्पतालमा डाक्टरहरुले विरामीलाई अक्सिजन दिएर राम्रो उपचार गरेको बताएका छन् । खडकाले किन यस्तो व्यहवार प्रदर्शन गरे भन्ने कुरा अझै अनविज्ञ रहेको छ। अर्घाखाँचीडट्कमले खडकालाई सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेको छैन।तथापि यस विषम परिस्थितिमा जिम्मेवार पङ्क्तिबाट नै यसरी स्वास्थ्यकर्मी माथि भएको मानसिक दवाव एंव अभद्र व्यहवारले स्वास्थ्यकर्मीको मनोवलमा आच आउने निश्चित देखिन्छ ।
उता गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न उपनिर्वाचनमा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का पराजित भएका थिए । भने विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए । पाण्डेयले खड्कालाई ५४६ मतभारले हराएका थिए । पाण्डेयले ४१४० र खड्काले ३५९४ मत पाएका थिए ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए ।