अर्घाखाँचीमा नेपाल शिक्षक महासंघद्धारा चौथो चरणको आन्दोलन अन्तरगत रिले अनसन शुरु


अशोक खनाल  | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ” अधिकार र कर्तव्यका लागी शिक्षक एकता ” भन्ने मुल नाराका साथ नेपाल शिक्षक महासंघले आफ्नो चौथो चरणको आन्दोलन  अन्तरगत रिले अनसन शुरु गरेको छ।
एक्काईस वटा संघ संगठनका छाता संगठन नेपाल शिक्षक महासंघले जिल्ला शिक्षा बिकास समन्वय इकाई अर्घाखाँचीमा बिहान ८ बजे देखी रिले अनसन शुरु गरेको हो ।
महासंघले चौथो चरण को आन्दोलन कार्यक्रम अन्तरगत आज अर्घाखाँची सहित देशका ७७ वटै शिक्षा बिकास समन्वय इकाइमा रिले अनसन शुरु गरेको महासंघले कर्मचारी तथा बालबिकास सहयोगीको तलब वृद्धि , १८ बर्ष पूरा भइ सकेका विद्यार्थी हरुको लागी कोरोना भाइरस विरुद्धको खोप , संघिय शिक्षा ऐन जारी  शिक्षक कर्मचारी र मन्त्रालय बिच भएका सम्झौता कार्यन्यन लगायतका माग राख्दै आन्दोलन गरिरहेको छ।

अन्य समाचारहरु