अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५६१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७४ जना, भूमिकास्थान नगरपालिकामा ११५, शितगंगा नगरपालिकामा २५, मालारानी गाउँपालिकामा ६२, पाणिनी गाउँपालिकामा ७६ र छत्रदेव गाउँपालिकामा ९ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३४०२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १४८४ जना, भूमिकास्थान नगरपालिकामा ६२९ जना, शितगंगा नगरपालिकामा ३७१ जना, मालारानी गाउँपालिकामा ३३९ जना, पाणिनी गाउँपालिकामा ३१३ जना र छत्रदेव गाउँपालिकामा २६६ जना संक्रमित रहेका छन् ।
साथै गएको २४ घण्टामा जिल्लामा २० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म २७६९ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ११८९ जना, भूमिकास्थान नगरपालिकामा ४९९ जना, शितगंगा नगरपालिकामा ३३४ जना, मालारानी गाउँपालिकामा २६४ जना, पाणिनी गाउँपालिकामा २२९ जना र छत्रदेव गाउँपालिकामा २५४ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा १३, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
शुक्रबारको कोरोना विवरण यस्तो छ:
