अर्घाखाँचीका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुका परीक्षा यथाबत संचालन हुने, जिल्ला बाहिर जान अनुमती लिन नपर्ने


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको पाणिनी क्याम्पस लगायत विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन हुने भएका छन् । 
पाणिनी क्याम्पस लगायत जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन  हुने भएका हुन् ।
साथै परीक्षाहरु बाहेक अन्य सेवाहरु साउन १७ गतेदेखि ३० गतेसम्म बन्द गरिएको छ । 
 यस्तै जिल्ला बाहिर पनि परीक्षा दिन जाने विधार्थीहरु पनि  जान सक्नेछन् । उनिहरुलाई अनुमती लिन नपर्ने बताईएको छ ।  
उता पाणिनी क्याम्पसले शुक्रबार एक सुचना जारी गरी त्रिभुवन विश्वविद्यालयका  सवै परीक्षाहरु पूर्बवत कार्यक्रम अनुसार सुरक्षाका मापदण्ड पूर्णरुपमा अवलम्वन गर्दै यथाबत रुपमा सञ्चालन हुने बताएको छ ।  
पाणिनी क्याम्पसको सूचना ।

अर्घाखाँची जिल्लामा कोभिड—१९ संक्रमण दर तिव्र गतिमा बढिरहेको अवस्थामा ०७८।०४।१० गते जिल्ला कोभिड —१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को निर्णय अनुसार जिल्लमा निषेधाज्ञा जारी गरिएको व्यहोरा अवगत नै छ । 

अतः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्बन्धित डिनको कार्यालयद्धारा सञ्चालन गरिने परीक्षाका कार्यक्रमहरु बाहेक क्याम्पसबाट भौतिक उपस्थितीमा प्रवाह गरिने अन्य सेवाहरु मिति २०७८।०४।१७ गते देखि २०७८।०४।३० गते सम्मका लागि बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
पुनश्च :
त्रि.वि.का सवै परीक्षाहरु पूर्बवत कार्यक्रम अनुसार सुरक्षाका मापदण्ड पूर्णरुपमा अवलम्वन गर्दै यथाबत रुपमा सञ्चालन हुनेछन् ।

अन्य समाचारहरु