अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली साउन १६ गते राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकका अनुसार भोली साउन १६ गते राती १२ बजेदेखि कडा निषेधाज्ञा हुने भएको हो । निषेधाज्ञा साउन ३० गते राती १२.३० सम्म जारी रहने छ ।
यस्तै सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात , बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने भएका छन् । साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ । साथै घरबाट बाहिर कोही पनि निस्किन नपाउने भएको छ ।
यस्तै जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन हुने भएका हुन् । साथै परीक्षाहरु बाहेक अन्य सेवाहरु साउन १७ गतेदेखि ३० गतेसम्म बन्द गरिएको छ । यस्तै जिल्ला बाहिर पनि परीक्षा दिन जाने विधार्थीहरु पनि जान सक्नेछन् । उनिहरुलाई अनुमती लिन नपर्ने बताईएको छ ।
कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागु गरिने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५१९ जना पुगेको छ ।
यसअघि दशौ साउन २० गते बुधवार राती १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थपिएको थियो । अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात, बैंक तथा वित्तीय संस्था खुलेका थिए ।
साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ ।
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या पछिल्लो पटक फेरी बढेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।
१. निषेधाज्ञा अवधिभर खुल्ला रहने सेवाहरू:
– औषधी पसल एवं स्वास्थ्य सामग्रीका पसलहरू २४ घण्टा खुल्ला रहने।
– पेट्रोल पम्प २४ घण्टा खुल्ला रहने।
– त्रिवि, उच्च माध्यमिक शिक्षा परिषद्, प्राविधिक तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालन हुने पूर्व निर्धारित परिक्षाहरू सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने।
२. निषेधाज्ञा अवधिभर गर्न नहुने कार्य र बन्द रहने सेवाहरू:
– अत्यावस्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने।
– अत्यावस्यक बाहेकका अन्य व्यावसायहरू बन्द रहने।
– विद्यालय, क्याम्पस, शिक्षालय, तालिम केन्द्रमा भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने।
– गोष्ठी, तालिम, सभा सम्मेलन, सेमिनार, जात्रा महोत्सव र खेलकुद सञ्चालन नगर्ने।
– होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, ब्युटीपार्लर, जिमहल र शैलुन बन्द रहने।
– मठ मन्दिरहरूमा परम्परागत रूपमा गरिने नित्य पूजा बाहेक अन्य प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यहरू बन्द गर्ने।
३. सञ्चालन हुने यातायातका साधनहरु:
– एम्बुलेन्स, दमकल, शववाहन।
– अत्यावस्यक खाद्य सामग्री तथा पशुपन्छीका दाना, अण्डा, चल्ला, दुध, माछा, मासु, तरकारी र पानी बोकेका सवारी साधनहरू।
– ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनहरु।
– चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु।
– औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, क्वारेन्टाइन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारी साधन।
– प्रेस पास तथा परिचयपत्रबाहक संचारकर्मीले प्रयोग गरेका सवारी साधनहरू।
– अत्यावस्यक सेवामा खटिने कर्मचारीले प्रयोग गर्ने सवारी साधनहरु।
४. सञ्चालन नहुने यातायातका साधनहरु।
– निजी तथा सार्वजनिक यातायातका साधनहरु।
– जिल्लास्थित सरकारी वा गैरसरकारी कार्यालयबाट प्रदान गरिने अत्यावस्यक सेवा (स्वास्थ्य, खानेपानी, विद्युत्, सुरक्षा) बाहेक अन्य सबै सेवा हाललाई बन्द गर्ने। अत्यावस्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्ने।
– बैङ्क तथा वित्तीय कारोबार गर्ने संस्था निषेधाज्ञा अवधिभर पूर्ण रुपमा बन्द गर्ने। तर अत्यावस्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्ने।
– अत्यावस्यक कामको लागि बाहेक सवारी पास जारी नगरीने।
– यो आदेशको पालना गर्नु गराउनु सबैको कर्तव्य हुनेछ। यो आदेशको उल्लंघन गर्ने, आदेशको पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि तथा औषधिजन्य वस्तु अत्यावस्यक खाद्य सामग्री आदिको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने छ।