अर्घाखाँचीमा परोपकार यूवा समाजद्धारा पहिलो बार्षिकउत्सवको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न


सरू सुनार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा परोपकार यूवा समाज  अर्घाखाँचीको पहिलो बार्षिकउत्सव काे अवसरमा  दिप प्रज्वलन गरि मनाएको छ । 
केन्द्रिय कार्यक्रम अनुसार परोपकार यूवा समाज  अर्घाखाँचीले  पहिलो   बार्षिकउत्सव को अवसरमा विश्व माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै भैतिक दुरी कायम दिप प्रज्वलन कार्यक्रम सम्पन गरेको हो । 
दिप प्रज्वलन कार्यक्रममा संस्थाका अध्यक्ष हलिम खान ,  नेपाल पत्रकार महासंघ केन्द्रीय सल्लाहकार प्रेम नारायण आचार्य , नेपाल पत्रकार महासंघ जिल्ला सह- सचीव अनिल नेपाली,  कोषाध्यक्ष रुद्रमणी भुसाल, लगाएतका पत्रकारहरुको उपस्थिति रहेको भने   संस्थाकी  सचिव  सरू सुनार, सदस्य विक्रम नेपाली   लगायतको उपस्थित रहेको थियो ।
  भौतिक रुपमा दिप प्रज्वलन लगायतका विविध कार्यक्रम देशै भरी रहेको संस्थाका अध्यक्ष हलिम खानले जानकारी दिएका छन ।

अन्य समाचारहरु