अर्घाखाँचीडट्कम संवाददाता
टोकियो, जापान (अर्घाखाँचीडट्कम) । जापानका सडकबाट उद्दार गरिएका अर्घाखाँची जिल्लाको धारापानी स्थित लामाखर्कका एक युवालाई नेपाल फर्केका छन् ।
लामो समयदेखि जापानका सडकमा बेबारिसे धारापानीको लामाखर्कका ३८ वर्षिय शिब बहादुर आले नेपाल फर्केका हुन् । उनलाई अर्घाखाँची समाज जापानको पहलमा सिंगापुर एयरलाईन्स मार्फत नेपाल पठाईएको छ ।
अर्घाखाँची समाज जापानका अध्यक्ष बाबुराम पौडेलले अर्घाखाँचीडट्कमलाई भने; “जापानमा त धेरै पहिले देखी हुनुहुन्थ्यो, बिगत २ बर्षदेखि काम , बस्ने ठाऊँ सबै छोडेर सड़क पेटीमा बस्नुहूँदो रहेछ, हामीले २ महिना पहिलेदेखि पहल गरेर आज पठाउन सफल भयौ । क़रीब १ बर्षदेखि गैर-कानुनी हैसियत (Overstay) मा हुनुहूँदो रहेछ त्यो भएर अली समय लाग्यो ।
साथै पौडेलले अरुले उनको केही मानसिक समस्या बताएपनि स्वास्थ्य रहेको बताए । जापानका बिभिन्न ठाँउमा बेबारिसे रूपमा हिंडेका उनको सामाजिक संजालमा चर्चामा आएपछि उनलाई अर्घाखाँची समाज जापानले उद्दार गरेको थियो ।