अर्घाखाँचीमा निषेधाज्ञाले सबै ठप्प (फोटो फिचर)


सागर महत 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गएराति देखि लगाइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी ३० गतेसम्म निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै अति अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द रहने छन् भने बैंक तथा वित्तीय संस्था पनि पूर्ण रुपमा बन्द हुने जनाइएको छ । जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन  हुने भएका हुन् । यस्तै जिल्ला बाहिर पनि परीक्षा दिन जाने विधार्थीहरु पनि  जान सक्नेछन् । उनिहरुलाई अनुमती लिन नपर्ने बताईएको छ ।
यस्तै सञ्चालन भइरहेका विभिन्न परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन हुने बताइएको छ । जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५सय ७१ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ रहेको छ ।
तस्बिर: बसन्त श्रेष्ठ र गुरुदेव खनालबाट 

अन्य समाचारहरु