अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर कक्षा ११ को परीक्षा शुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइका अनुसार कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको छ । वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि अनुसार विद्यालयले कक्षा ११ को परीक्षा शुरु गरेका हुन् ।
उता जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गएराति देखि लगाइएको छ ।
जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन हुने भएका हुन् । यस्तै जिल्ला बाहिर पनि परीक्षा दिन जाने विधार्थीहरु पनि जान सक्नेछन् । उनिहरुलाई अनुमती लिन नपर्ने बताईएको छ ।
तस्बिर: अर्घाखाँचीडट्कम / टेकराज भुसाल