अर्घाखाँचीमा कोरोना संक्रमणमा कमी आयो, आज आईतबार १४ जना मात्र संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५८५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८१ जना, भूमिकास्थान नगरपालिकामा ११५,    शितगंगा नगरपालिकामा २५,   मालारानी गाउँपालिकामा ६५,     पाणिनी गाउँपालिकामा ९१ र छत्रदेव गाउँपालिकामा ८ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३४३५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १४९७  जना, भूमिकास्थान नगरपालिकामा ६३० जना,     शितगंगा नगरपालिकामा ३७१ जना,       मालारानी गाउँपालिकामा ३४३  जना,  पाणिनी गाउँपालिकामा ३२८ जना  र छत्रदेव गाउँपालिकामा २६६  जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा गत वर्षदेखि आजसम्म  २७७८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ११९५ जना, भूमिकास्थान नगरपालिकामा ५०० जना,  शितगंगा नगरपालिकामा ३३४ जना,   मालारानी गाउँपालिकामा २६५ जना,    पाणिनी गाउँपालिकामा २२९ जना   र छत्रदेव गाउँपालिकामा २५५  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७२ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

आईतबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु