अर्घाखाँचीमा आज सोमबार ४७ जनाले कोरोना जिते, ५३ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५९० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७४ जना, भूमिकास्थान नगरपालिकामा ९९,     शितगंगा नगरपालिकामा ३८,    मालारानी गाउँपालिकामा ७८,      पाणिनी गाउँपालिकामा ९१ र छत्रदेव गाउँपालिकामा १० जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३४८८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १५०९  जना, भूमिकास्थान नगरपालिकामा ६३९ जना,     शितगंगा नगरपालिकामा ३८४ जना,       मालारानी गाउँपालिकामा ३६०  जना,  पाणिनी गाउँपालिकामा ३२८ जना  र छत्रदेव गाउँपालिकामा २६८  जना संक्रमित रहेका छन् ।   
साथै गएको २४ घण्टामा जिल्लामा ४७ जनाले कोरोना जितेका छन् ।  जिल्लामा गत वर्षदेखि आजसम्म  २८२५ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १२१३ जना, भूमिकास्थान नगरपालिकामा ५२५ जना,  शितगंगा नगरपालिकामा ३३४ जना,   मालारानी गाउँपालिकामा २६९ जना,    पाणिनी गाउँपालिकामा २२९ जना   र छत्रदेव गाउँपालिकामा २५५  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
सोमबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु