अर्घाखाँची जिल्ला छिर्न र बाहिर जान पास अनिवार्य


कुशल भट्टराई
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लामा कोरोना संक्रमणदर फेरी बढ्दै गएपछि  निषेधाज्ञामा कडाइ गरिएको छ ।  निषेधाज्ञाको अवधिमा जिल्ला भित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी चल्न पाउने छैनन्।
अत्यावश्यक कामको लागि बाहिरी जिल्लाबाट अर्घाखाँची आउनुपरेमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर जानुपर्ने जिल्ला प्रसासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। 
‘निषेधाज्ञा अवधिभर जिल्ला भित्र सबै प्रकारका नीजि तथा सार्वजनिक सवारीसाधन रोक लगाइएकाले अत्यावश्यक कामको लागि यस जिल्लामा आउनुपर्ने भएमा यस कार्यालयको सहमतीमा सम्बन्धित जिल्लाको जिल्ला प्रसासन कार्यालयबाट पास लिएर मात्र आउनहुन अनुरोध छ।’ सुचनामा भनिएको छ ।
परिक्षाथीहरुलाई भने परिक्षाकेन्द्रसम्म पुग्न सवारी पास आवश्यक नपर्ने  प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

अन्य समाचारहरु