अर्घाखाँचीमा सवारी कारवाहीमा ४० लाख राजस्व संकलन


कृष्ण परियार 
 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा गत आर्थिक वर्ष ०७७ /७८ मा सवारी कारवाहीमा करिब ४० लाख  राजस्व संकलन भएको छ । ट्राफिक नियमको उल्लंघन गर्ने ६ हजार ७९ सवारी कारबाहीमा ३९ लाख २४ हजार  पाँच सय राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।  
ट्राफिक नियम उल्लंघन गर्ने जीप तथा कार १ हजार ९९१ वटा, मोटरसाइकल २५१ वटा, ट्याक्टर २ हजार ७३४ वटा, बस २६१ वटा र ट्रक ७८५ वटा गरी जम्मा ६ हजार ७९ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक प्रविण आचार्यले बताए ।  
गत आर्थिक बर्षमा जिल्लामा २८ वटा सवारी दुर्घटना भएका छन्  । दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए । अघिल्लो बर्षको तुलनाम यो आर्थिक बर्षमा दुर्घटनाको दरमा वृद्धि भएको छ ।  ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले यस आर्थिक वर्षमा सवारी साधन कारवाही र राजस्व संकलनमा बृद्धि भएको पनि जनाएको छ ।अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा १० लाख बढि राजस्व संकलन भएको छ । 
अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा २९ लाख ९१  हजार राजस्व संकलन गरिएको थियो ।उक्त आर्थिक वर्षमा ४ हजार ७ सय ८९ वटा सवारी साधन माथी कारवाही गरिएको थियो । 
ट्राफिक प्रहरीले  क्षमताभन्दा बढी समान बोक्ने मालवाहक सवारी साधन , क्षमताभन्दा बढी यात्रु राख्ने जिप ,कार, बस, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिहरुलाई कारबाही गरीएको आचार्यले बताए ।   जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आईरहेको अचार्यको भनाई  छ ।  
 ट्राफिक प्रहरीले  यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायी ,चालक, सहचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारणहरुलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण समेत गरेको आचार्यले बताए ।

अन्य समाचारहरु